१२ बैशाख २०८१, बुधबार
Follow Us

भुटानमा लकडाउनको अवधि बढाएर २१ दिने पुर्‍याइयो

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०७६, मंगलवार ०४:५९

थिम्पु । भुटानमा लकडाउनको अवधि बढाएर २१ दिने बनाइएको छ । आजदेखि लागू हुने गरी तीन साताको लकडाउन घोषणा गरिएको हो । उच्च सर्तकताका लागि लकडाउन अत्यावश्यक वाध्यता बनेको प्रधानमन्त्री लोते छिरिङको भनाइ छ ।

भुपरिवेष्ठित मुलुक भुटानमा कोरोना भाइरसको संक्रमण थप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै तीन साता लकडाउन घोषणा गरिएको हो । भुटानमा सोमवारसम्म चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भुटानमा सबैभन्दा पहिलो बिरामी मार्च ५ मा भेटिएका थिए । उनी अमेरिकाबाट आएका ७६ वर्षीय पर्यटक थिए ।