October 21, 2020
10:41 PM | 3:26 AM

सन्त्रास

  31/03/2020 मा प्रकाशित

सुरेन उप्रेती

आज रातभरी निन्द्रा परेन । मानिसलाई भौतिक सुखसयलले मात्र पनि आनन्द र सन्तोष प्राप्त हुँदो रहेनछ । मैले काम गर्ने होटल दोहा कै सुबिधा सम्पन्न होटलमा गनिन्छ । होटल व्यवस्थापनले स्टाफहरुलाई पनि सुबिधा युक्त बशोवास गराएको छ । कोठा वातावरण अनुकुलित छ । घर बाहिर निस्किँदादिंउँशो चालिस पैंतालिस डिग्रीको तापक्रम हुन्छ ।उड्दै गरेका चराहरुलाई तातो हावाले भूँइमा झार्दछ । त्यसैले चराचुरुँगींहरु पनि गर्मी महिनाको शुरुवात सँगै बसाई सरेर यूरोपका बिभिन्न देशहरुमाजान्छन ।गर्मी लाग्न लाग्दा उडेका चराहरु अगष्ट सेप्टेम्वरमा जाडो महिना शुरु भए पछी मात्र फर्कन्छन । बाहिर त्यस्तो गर्मी भए पनि कोठा भित्रभने आफुलाई चाहिनेसत्र अठार डिग्री कायम गर्न सकिन्छ ।

म यो दोहामा बसेको पनि करिब सात बर्ष भयो । सबै जहाँन परिवारहरु नेपालमै बस्दछन् । नेपाल नगएको बर्ष दिन हुन लाग्यो । बुबाआमा बृद्ध भै सक्नु भएको छ । छोरा छोरी सानै छन् ।बृद्ध बुबाआमा र साना छोराछोरीलाई यो समयमा मेरो धेरै जरुरत छ । एक मनले अहिलेनै जाउँ भन्छ । अर्कोमनले शाररिक रुपलेमात्र तेरो उपस्थिति भएर के हुन्छ ररुनियमित आम्दानीको श्रोत के छरु कसरी छोराछोरी पढाउँछस रु के गरेर घरको गर्जो टार्छस् जस्ता प्रस्नहरु तेस्याई दिन्छ । म निरुत्तर हुन्छु । उपाय सुझ्दैन । कोल्टेफर्छुर अर्को तर्फ फर्किन्छु । बेडका छेउको साइड टेवुलबाट तामाको करुवामा राखेको पानी कलकल पिउँछु । झ्यालको पर्दा खोलेर बाहिर हेर्छु । उज्यालो भूँईमा झरी सकेको छैन । बिजुलिका लेम्पपोष्टहरु पिल्पिल गर्दै रातलाई जीस्क्याउँदै छन । समुन्द्रको सतहबाट आएको तुँवालो जस्तो पाठले शहरलाई बर्को ओढाएरराखेकोछ । मस्जिदमा प्रातकालिन प्रार्थानामा बज्ने धुन अझै बज्न थालेको छैन ।

बेडको छेउमा शोफा छ । त्यसमा बसेर टिभी अन गर्छु । म प्रायश कान्तिपुर अनलाईन खवबर सुन्छु । सिधाकुरा जनता सँग कार्यक्रम हेर्छु । नेपालका अनलाईन खबरहरु र एफएमहरुसुन्दा गाउँघरमै पुगे जस्तो अनुभूति हुन्छ । बुबाआमा र श्रीमति सँग दिन दिनै जस्तो कुरा हुन्छ । छोरीको तोतेवोली नसुनी निन्द्रा लाग्देन । बानी नै भै सक्यो । म कामबाट आउँदा छोरा र छोरी सुतिसकेका हुन्छन् । उनीहरु सँग कुरा हुने भनेको बिदाका दिनमा मात्र हो । उनीहरु वोलेको खेलेको भिडियो बनाएर राखेको छु । हरेक रात कामबाट फर्किए पछी त्यो भिडियो एक पटक हेरेर मात्र सुत्छु । तर आज राती तीन पटक सम्म हेर्दा पनि निधाउन सकिन । मनमा अनेक कुराहरु खेली रहन्छन । यो कोरोनाभाइरस भन्ने महामारीको चारैतर्फ चर्चा छ । मानिसहरु बिरामी भएका र मरेका खवरले भयवित बनाएको छ । झन परिवारबाट अलग भएर रहँदाको स्थिति अझ विकराल हुँदो रहेछ । आमाबालाई केही होलाकी नावालक छोराछोरीहरुलाई केही होलाकी १ आफैंलाई केही भयो भने परिवारको हालत के होला भन्ने त्रासले सताइ रहन्छ । चिनको युहानमा तीनहजार भन्दा धेरै मानिसहरुको मृत्यु भएको खवरले त्रासदी उत्पन्न गरेको थियो । अझ इटलीमा आठहजार भन्दा धेरैले ज्यान गुमाई सकेको खवर आयो । मृतकको संड्ख्या दिन प्रति दिन बढ्दै जाँदैछ । दोहा पनि बिभिन्न देशबाट आवतजावत गर्नेमानिसहरुकव ट्रान्जिट हुने ठाउँ हो । हामी होटलमा काम गर्नेहरुलाई पनि सर्ने बढी सम्भावना हुन्छ । कसैलाई लाग्यो भने फैलन केही समय पनि लाग्दैन ।

अब होटल बुकिङ पनि धमाधम रद्ध हुन थालेका छन । मानिसहरु आउन छोडेभने हाम्रो पनि जागिर सकिन्छ । होटल बन्द भयो भने नेपाल जाने सोच थियो । तर नेपाल सरकारले सबै यातायात र उडानहरुलाई बन्द गरी सकेकोछ । अब नेपाल जान सक्ने पनि कुनै उपाय छैन । परिवारहरु सँगै हुँदा एक किसिमको मन शान्त त हुने थियो होला ।

फेसबुक म्यासेन्जरमा लगातार आउँछन । ती खवरहरुले झन सन्त्रास जन्माउँदा रहेछन ।मेरो पनि ओठ मुख सुके जस्तो हुँन्छ । घाँटी सुख्खा हुन्छ । थुक निल्दा पनि घाँटी दुखेजस्तो आभाष हुन्छ । हुन सक्छ यो एसीको हावाले पनि ओठमुख सुकेको होला । यो कोरोना कोभिड १९ को भयले पनि दुखेको हुँन सक्छ ।मन चिसो भएर आउँछ ।मलाई छट्पटी हुन थाल्छ । फेरी उठेर आम्खोराको पानी पिउँछु । चिटचिट पशिना आउन थाल्छन् । उठ्छु रकोठा भित्रै एक पटक हिंड्छु । बाहिर हिंड्न जाने ठाउँ पनि छैन । कोठा बाहिर हिंड्नलाई पनि राती नै छ । मन भित्र अव्यक्त भय जन्मिन्छ । कोरोनाबाट मर्नेहरुको संख्या झन झन बढ्दै गएको कुरा समाचारमा छाएका छन । कोरोनाका लक्षणहरु यी हुन भनेर फेसबुकका भित्ताहरुमा झुण्डीएका छन् । ती सबै लक्षणहरु आफैं सँग भए झैं लाग्छ । एक पटक बाहिर हेरेर भुल्न खोज्छु ।झ्यालको पर्दा उघारेर बाहिर नियाल्छु ।

मानिसलाई मृत्यु सँग किन यत्रो भय भएको होला रु म सोच्दछु । फेरी मनले भन्छ१विनोद १मर्ने कुरा सोच्न पनि नसोच । हेर १तँ सँग आश्रितहरुको के अवस्था हुन्छ रुयदी तँ मरिस भने । म झस्किन्छु । मेरा दुबै हातले मेरो अनुहार नाक कान आँखा निधार छाम्छु । रुघालागे जस्तो हुन्छ । खोकी लाग्ला जस्तो हुन्छ । टाउको बेस्सरी दुखे जस्तो हुन्छ । शरिरका अंग अंग दुखे जस्तो लाग्न थाल्छ । मलाई ज्वरो त आएको छैन रु होला नी भन्दैफेरी दायाँ हातको हत्केला निधारमा लगेर राख्छु । कोठामा ज्वरो नाप्ने थर्मामिटर भएको भए त हुने थियो नी । कसरी ज्वरो आए नआएको थाहा पाउने होला जस्तो लाग्छ । निधार तातो भए जस्तो लाग्छ । के मलाई कोरोना नै लागेको हो त रु म आफैं संग प्रश्न गर्छु ।

हिंजो होटलमा बस्न आएका गेष्टहरुलाई सम्झन प्रयाश गर्छु ।उनीहरुबाट मलाई कोरोनाका भाइरसहरु त सरेनन् रु तर उनीहरु सबै कतारकै बिभिन्न शहरहरुबाट आएका थिए । कतै ती बाहिर देशहरुमा गएर आएका पनि त हुन्छन् नी फेरी आफैं प्रश्न जन्मन्छ ।

हतार हतार पानी उमाल्छु । फ्रिजमा कागती राखेको थियो । कागती काट्छु र तातो पानीमा निचोर्छु । लसुन पनि दवाइ हुन्छरे भन्ने कुराको याद आउँछ । भान्सामा गएर दुई पोटी लसुन उधार्छु । एक कुड्को अधुवा र लसुनलाई मसला पिस्ने ओखलमा राख्छु र किच्याउँछु । त्यसलाई पनि तातो पानीमा हालिदिन्छु । फेरी सोफामा गएर पानी पिउँन शुरु गर्छु । पानी पिउन सकिने अवस्थामा छैन । झण्डै जीव्रो नै जलेको मेरो । टिभीमानेपालको समाचार आउँदै छ ।नेपालआउन लागेका हजारौं मानिसहरुको भिड बोर्डरमा देखिन्छ । उनीहरु तँछाड मछाड गर्दै नेपाल पस्दै छन । कसैले साना नानी च्यापेका छन्। कसैले पोका पन्तुरा बोकेका छन् । मानिसहरु मृत्य सँग भागेर टाउको लुकाउने शुरक्षित स्थलको खोजीमा घर आउँदै छन । जति अभाव भए पनि भोक भोकै बस्नु परे पनि घर भनेको घर नै हो । आफ्ना परिवारहरु सँग बस्न पाउनु पनि त भाग्यको कुरा होनी । परिवार सँगै हुँदा विरामी भैयो भने पनि रेख देख हुन्छ । सिहार सुसार हुन्छ ।स्कुलबाट टाउको दुख्दै घर आउँथेँ ।आमाका हातले निधारमा स्पर्श गर्दा टाउको दुखेको निको हुन्थ्यो । उफ १ यो परदेशमा त मरियो भने पनि कती दिन पछी मात्र परिवारले थाहा पाउँने होलान् ।नेपालका नेताहरुले सम्झनेगरेका अज्ञात शहिदहरु जस्तै हुन्छौ होला । हामी पनि त जहान परिवार सबै मायामारेर मरुभूमीमा आएका छौं । हामी नै त हौ देशमा रिमिट्यान्स भित्र्याउने मानिस। हामी त देशका लागि काम गर्ने हौ नी । हामीलाई नै भनेको होला अज्ञात शहिद भनेर । मनमा अनेक कुराहरु खेल्छन ।

पानी अली सेलाएछ । किच्याएको लसुन र अदुवाको टुक्रा पानी सँगै मुखमा आयो । यो पनि त दवाई नै हो नी भन्दै चपाएँ । पिरो भएर नाकबाट तातो हावा निस्कियो । घाँटीमा असजिलो हुँदै निलेँ । अघी सम्म रुघा लाग्ला जस्तो भएको थियो । अली निको होला जस्तो भयो ।फेरी समचारकै दृश्यले मन तान्यो । परिवारहरु सँगै बस्नका लागि मानिसहरुकाठमाण्डौको रमझमछोडेर सूदुरका गाँउहरुमा जानेहरुको संख्या बसपार्कमा लाम बद्धछ ।बसको टिकट र सिट पाएका छैनन् । छोटो यात्रा गरे झैं झुण्डीएर कोचिएर लामो यात्रा गर्न तम्सिएका छन् । उनीहरुलाई मु्ङ्लिन हुँदै नारायणीको किनाराबाट गुड्ने भयावहबाटोको पनि डर ला्ग्दैन । थुप्रै गाडीहरु यो बाटोबाट खसेर धेरैले ज्यान गुमाएको कुरा पनि बिर्षिएर घर जान तम्सँदै छन् ।

भारतका बिभिन्न ठाउँमा रोजगारी गर्न पुगेका मानिसहरु हजारौको संख्यामा घर फर्किँदै छन । चाहाडबाड मनाउँन दशैंमा घर फर्किए जस्तै गरेर । तर यस पटक फरक छ । एकल मृत्युका भयले । परिवार सँग सँगै बाँच्ने आशामा मानिरहरु भागदौड गर्दैछन । बिरगंज भन्सार रानी भन्सार र भैरहवामा आदि भन्सारमा लामबद्धछन । यी सबै मानिसहरु आफ्नो घरपरिवार भेट्न आउँदै छन । घर जहाँ मानिसले सुरक्षित महषुस गर्न सक्दछ । कुनै भय हुँदैन । सबैले आपत्कालमा सम्झने त माता र मातृ भूमी त रहेछ । यी सबै मानिसहरु घर फर्केका पनि मर्दा पनि परिवार सँगै मर्ने भनेर न्यानो साथ खोज्न फर्किएका त होलान नी ।

फेरी गौरीफण्टामा घर जान पाउँ भन्दै नारा जुलुस भएको दृश्य आयो। बालबच्चा बोकेर कुम्लोकुटुरो लिएर सिमामा बसेका छन् । करिब अट्ठाइस घण्टाको धर्ना पछी चौध दिन क्वारेण्टाइनमा बस्ने सर्तमा नेपाल पस्न पाउँछन् । त्यसरी हण्डर खाएर भए पनि त घर जान त पाए । म बसेको ठाउँबाट त त्यसरी जान सम्भव नै छैन । हवाई यातायात बन्द भएको छ । अरु उपाएबाट पुग्न त महिनौं लाग्ला । अरु पनि त यातायात हुनु पर्यो नी । सबै यात्तायात बन्द भएका छन । यस्तो बेला दोहामा नै एक ठाउँबाट अर्को ठाउँ पुग्न सकिंदैन । नेपाल सम्म पुग्ने त सपना पनि नदेखे हुन्छ । धनी र विकशित देशहरुले त आफ्ना नागरिकहरुलाई फिर्ता लाँदै छ रे । खै आफ्नो देश त हामीहरुकै रिमिट्यान्समा आश्रित छ । कसरी हामीलाई फिर्ता लैजान सक्ला र । फेरी हामी त खाडीमै लाखौंको संख्यामा छौं । अनायशै मुखबाट खुइ्य सुस्केरा निस्कियो । हातको घडी हेरें । भर्खर बिहानको तीन बज्न लाग्दै मात्र रहेछ ।

थाहा छैन अब कामबाट निकालि दियो भने कहाँ गएर बस्ने हो । होटलनै बन्द भए पछी कामदारहरुलाईराख्न पनि त सम्भव छैन । मनमा अनेक सोचाइहरु तँछाड मछाड गर्दै आए । सोच्दा सोच्दै म सिथिल भएँ । मेरा आँखा लोलाए जस्ता भए । म त सुतेकै ठाउँमा मरेंछु । काममा नगए पछी पटक पटक होटलबाट फोन गरेछन् । होटलले विरामी भयो होला भन्ने ठानेछन् । लगातार तीन दिन सम्म पनि काममा नगएको र खबर पनि नगरेपछी मानिसहरुलाई हेर्न पठाएछन् । उनीहरुले कोठाको बाहिर आएर घण्टी बजाएछन् । कुनै प्रतिउत्तर नआए पछी झ्यालको माथि भेण्टीलेशनमा चढेर हेरेछन् । मरो बेडमै लम्पसार परेको लास देखेछन । पुलिसलाई बोलाएर ढोका खोलेर भित्र पसेछन् । पुलिसहरु पनि नजीक आउन डराएछन् ।

कोरोना भाइरसले मरेको हुन सक्छ । नजीक नजानु भनेर सबैलाई रोकेछन् । पुलिसले अस्पताललाई खबर गरेछन् र बडीलिन शबबाहन आएछ । सबै जना मास्क ग्लभ्स र गाउन लगाएका मानिसहरुले घेरेर राखेका थिए । बाहिरी जाँच सके पछी चिरफार गर्न लतयारी हुँदै थियो । डाक्टरले उसँग काम गर्ने र सम्पर्क गर्ने सबैलाई जाँच गरेर आइसोलेसनमा राख्नु पर्छ भने । होटल मेनेजर आफैं आएका रहेछन् । होटल मेनेजरले एकाउण्टेण्टलाई सबै कामदारहरुको बिवरण लिनु भनेर अह्राए । एक्कासी टेंट टेंट गरेर आवाज आयो । म जस्किएर उठें । यो सबै निन्द्रा रहेछ । बिहानको सातबजेमेरो फोनको अलार्म बजेको रहेछ । बाथरुमा गएर अनुहारमा पानी छेपें । मेरो मन कती डराएछ भन्ने लाग्यो । हामीलाई बनको बाघले नखाए पनि मनको बाघले खाने रहेछ जस्तो लाग्यो । मेरो पुरै शरिर काँपी रहेको थियो ।
अटवा

प्रतिक्रिया