७ बैशाख २०८१, शुक्रबार
Follow Us

लण्डनस्थित नेपाली दूतावास सातै दिन खुल्ला रहने

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०७६, मंगलवार १३:०२

लण्डन । लण्डनस्थित नेपाली दूतावास हप्ताको सातै दिन खुल्ला रहने भएको छ । कोरोनाको प्रकोपबाट उत्पन्न असामान्य र असहज परिस्थितिमा समस्त बेलायत,आयरल्याण्ड र माल्टाबासी नेपाली सम्वन्धी सूचना, सम्पर्क र समन्वयका लागि सातै दिन खुल्ला रहने दूतावासले जनाएको छ ।

वेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले लण्डनस्थित नेपाली दूतावास सदाझैं नियमित रुपमा खुला रहे जानकारी दिएका छन् ।

सुवेदीले सेवाग्राहीहरुले शनिवार र आईतवार समेत राजदूतावासमा सम्पर्क गर्न सक्ने वताए ।

बिस्तृत जानकारी राजदूतावास वेवसाईट मार्फत लिन सकिने दूतावासले जनाएको छ ।

नेपाली राजदूतावास, लण्डनको अपिल

संयुक्त अधिराज्य (वेलायत) का गैरआवासीय नेपाली संघ लगायत सबै नेपाली संघ, संस्था र समाजहरु एवं समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुले कोरोना भाइरसको संक्रमणमा वृद्धि भैरहेको परिप्रेक्ष्यमा एक आपसमा सूचना आदानप्रदान, समन्वय र सहयोग गरिरहनु भएकोमा राजदूतावास यहाँहरु सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

हाल नेपालबाट आई वेलायतका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुमध्ये केही विद्यार्थीहरुमा खानाको व्यवस्थापन लगायतका समस्याहरु परेको बुझिन आएको परिप्रेक्ष्यमा उहाँहरुलाई सुरक्षित, संयमित र अनुशासित रहन र अत्यावश्यक अवस्थामा राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरिसकिएको छ । उहाँहरुको समस्या समाधानकोलागि यस राजदूतावासले वेलायत सरकारका सम्बन्धित निकाय र सम्बन्धित विश्वविद्यालयहरुमा समेत कुराकानी गरिरहेको छ । वास्तविक समस्यामा परेका र भविष्यमा समस्यामा पर्न सक्ने विद्यार्थीहरुलाई आर्थिक लगायत अन्य सहयोगहरु उपलव्ध गराउनु हामी सबैको मानवीय कर्तव्य र जिम्मेवारी रहेको सन्दर्भमा विद्यार्थीहरुलाई स्वेच्छाले सहयोग गर्न चाहने इच्छुक महानुभावहरुले यस राजदूतावासको निम्न सम्पर्क नम्बरमा फोन वा इमेलमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।

राजदूतावासको इमेल : [email protected],
उप—नियोग प्रमुख, श्री शरदराज आरण, मोवाइल नम्बर 07460595188

इच्छुक महानुभावहरुलाई सहयोग गर्नुपर्ने सम्बन्धित विद्यार्थीको नाम र सम्पर्क नम्बर उपलव्ध गराई सम्बन्धित व्यक्तिसंग सम्पर्क गराई सहयोग गर्ने र सहयोग प्राप्त गर्ने महानुभावको विवरण राजदूतावासमा अभिलेखन गरी उचित समयमा विवरण सार्वजनिक गरी विशेष धन्यवाद व्यक्त गरिने व्यहोरा अवगतार्थ अनुरोध गरिन्छ ।

मिति : २०७६ चैत्र १८(३१ मार्च २०२०)