१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कोरोना रोकथाम र नियन्त्रणमा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा २ करोड सहयोग

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०७६, मंगलवार १५:०६

काठमाडौ । पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि दुई करोड रुपैया सहयोग उपलब्ध गराएका छन् । उनले हिमानी कोषमार्फत सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा सहयोग रकम उपलब्ध गराएका हुन ।

सहयोग रकमले कोरोना रोकथाममा भुमिका निर्वाह गर्ने विश्वास पूर्व राजाले ब्यक्त गरेका छन् । पूर्व राजा साहले कोरोना संक्रमण नियन्त्रणका लागि सबैले आ–आफ्नो ठाँउ र क्षमतावाट केही न केही योगदान पु-याउनु अनिवार्य भै सकेको पनि बताएका छन । लकडाउन बाध्यात्मक अनिवार्यता भएपनि यसको पालनामा गैर जिम्मेबार हुने छुट कसैलाई पनि नभएको सन्देशमा उल्लेख छ ।

पूर्वराजाले नेपाली जनताले दुःखको समयमा अभाव र समस्या झेलेर पनि संक्रमण बिरुद्ध लडन अनुशासन र धेर्यता देखाएको भन्दै प्रशंषा पनि गरेका छन । पूर्व राजाले सेना, प्रहरी र सञ्चारकर्मीले पु-याएको योगदानको प्रशंषा समेत गरेका छन् । सन्देशमा राहत, उद्दार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैर सरकारी सबै पक्षवाट समन्वयकारी ढंगमा मानवीय सेवा भएकोमा प्रशंषा गर्दै यसलाई अझै प्रभावकारी बनाउन पनि आग्रह गरेका छन् ।