१३ बैशाख २०८१, बिहीबार
Follow Us

किन चुप छन् उद्योगपतीहरु ?

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०७६, मंगलवार २०:०६


महेन्द्र पौडेल ।
प्रसंग राजाबाटै सुरु गरौं । दुइसयपचासवर्षको नेपालको राजनीतिमा वर्चश्व कायम गरेका राजाले दुइकरोड रुपिँया कोरोनाभाइरस नियन्त्रणका लागि दिनु कुनै ठूलो कुरा होइन । उनी एउटा ब्यपारी हुन् । उनले देशभित्रैबाट आर्जेको सम्पत्ती हो । राजा बिरेन्द्रका सम्पत्ती मात्र नेपाल सरकारले ट्र्समा राखेको हो । जे भएपनि राजाको कदम स्वागत योग्य छ ।
तर भारतका धनाढ्य मुकेश अम्बानीले मोदी सरकारको कोषमा ५०० करोड भारु दाखिला गरेका छन् । त्यससँगै उनले प्रत्येक स्टेटमा ५ करोडका दरले सहयोग गरेका छन् भने १० लाख जनतालाई सित्तैमा खाना खुवाउने प्रबन्ध मिलाएका छन् । उनले स्पष्टसँग भनेका छन् मेरो कमाई यिनै जनताबाट भएको हो र भैपरी आउँदा मैले यिनै जनताको लागि नगरे कसका लागि गर्ने? यतिबेला बुझ्नुपर्ने कुरा के हो भने नेपालका उद्योगपति भनाउँदाहरु कानमा तेल हालेर चुप छन् । चौधरी, खेतान, सुमार्गी, ज्योती र टण्डनहरुले नेपालबाट धेरै लुटेका छन् । बैंकलाई नै धरायसी बनाएका छन् । जनताको रगत पसिना इन्च इन्च कमाई लुटेका छन् यतिबेला यिनीहरुको आर्थिक सहयोग देशका लागि आवश्यक छ तर यिनीहरुले मुकेश अम्बानीले जति सहयोग नगरेपनि उनले गरेकोभन्दा बीसप्रतिसत गरेपनि काफी हुन्छ । यी उद्योगपतिले कसले कति हाल्छ भनेर कुरेका पनि छन् ।

यसैगरी पछिल्ला दुइदशकमा राजनीतिक एउटा प्राली बनाइएका नेताहरुको हैसियत पनि कुनै उद्योगी र व्यापारीभन्दा कम छैन । यिनीहरु मध्ये कमरेड प्रचण्डका दुइदशकअघिका राजनीतिक हैसियत र अहिलेको सम्पत्तीको छानबिन गरी त्यसको दशप्रतिसत राज्यकोषमा दाखिला गरेपनि नेपाललाई कसैको सहयोगको जरुरी पर्ने छैन । राजनीतिक नेताका बिगत दुइदशकदेखिका सम्पत्ती छानबिन गरी त्यसको दशप्रतिसत राज्यकोषमा दाखिला गर्ने हो भने नेपालले मुद्राकोषसँग सहयोगको भिखमाग्न आवश्यक पर्दैन ।

गैर आवासीय नेपाली संघ एनआरएनका विषयमा भन्नैपर्दा यो देश यहाँसम्म र यतिमाथी ल्याउनमा एनआरएनको भूमिका छ । एनआरएनहरुले करिब तीनमहिना रेमिट्यान्स रोकिदिने हो भने नेपालमा हाहाकार मच्चिन्छ । एनआरएनका सामान्य सदस्यदेखि अगुवासम्म । बिदेश बसेका जो कोहीले पनि जानेर वा नजानेर देशको सेवा गरेकै छन् । उनीहरुले देशबाट लिए भनेको एउटा पासपोर्टको मात्र हो । त्यो पासपोर्टको भारा उनीहरुको पसिनाको कमाई रेमिट्यान्समार्फत देशलाई दिएकै छन् ।

उपेन्द्र महतो, जीबा लामिछाने, शेष घलेजस्ता धनाढ्यहरुले देशभित्र बसेर देशलाई लुछेर कमाएका होइनन् । उनीहरुले बिदेशमा अथाह संघर्ष गरेर सायद एकछाक खाएर होला बीसबीस घण्टा खटिएर कमाएका हुन् त्यो पैसा उनीहरुले देशभित्रै लगानी गरेका हुन् । देशभित्रै लगानी भित्राएका हुन ।

बिदेशमा बसेर दुःख गरेर कमाएको पैसा देशभित्र लैजानुनै ठूलो कुरा हो । देशभित्र लगानी गरेर देशका बैंकहरु डुबाएर कमाएका होइनन् । यो याद राख्नुपर्ने कुरा हो । तरपनि एनआरएनले सकेजति प्रत्येक भैपरीमा गरेकै छ । यी अगुवाहरुले पनि सकेजति गरेकै छन् । तर यिनीहरुको भन्दा देशभित्रै लुटेर कमाएका धनाढ्यको जिम्मेबारी बढी छ । तैपनि एनआरएनले एक करोड प्रधानमन्त्रीको राहतकोषमा दाखिला गरेको छ । अन्य गर्नेक्रममा छ ।

जबसम्म दिनेले आफूलाई ठूलो र लिनेले आफूलाई सानो ठान्दछ । यो असमानताको भेद रहिरहन्छ समाजमा त्यतिबेलासम्म यी र यस्ता कोरोनाभाइरस जस्ता महामारी आइरहनु पर्दछ । भाइरसले मान्छेबिचका भेद र असमानताको पाठ राम्ररी सिकाएको छ र सिकाइरहनु पर्दछ । कहिलेकाँही फेसबुकतीर देख्दछु ।

एउटा केराको कोसोलाई दिएजस्तो गरेर चारजनाले फोटोखिचेको समेत देखे । दिनेले आफूलाई महादानी र लिनेले आफूलाई तुच्छ सम्झने सोचको अन्त्य नभएसम्म । यस्ता सोचका मानिसको निर्मुल नभएसम्म समाज कहिल्यैपनि उभोँ लाग्दैन ।

यी उद्योगपतिहरु किन मौन छन् सबैलाई थाहै छ । एकमहिनासम्म लकडाउनमा सरकार गयो भने पक्कैपनि सरकार सहयोगको लागि हाम्रै पाउ पर्नेछ । त्यतिबेला हामीले अड्केका हाम्रा फाइलहरुलाई अघि बढाउने छौं । शर्तहरु तेसार्ने छौं । बैंकका ऋणहरुलाई मिनाहा गराउनेछौं भन्ने दाऊ हेरेर बसेका छन् । सबैलाई थाहै छ । त्यसैले कुनबेला कुँडुली मारौला भनेर पर्खेर बसेका यस्ता चरित्रका उद्योगीहरुसँग राज्यले के आशा गर्ने ? जनताले के आशा गर्ने ?

अब जनताका कुरा गरौं । जब जनता मुर्ख छन् भने उसले महामुर्खलाई नै चुनाव जिताउँछ कतै अन्र्तवार्तामा बिद्धान नेता प्रदिप गिरीले भनेझैं जनता नै त्यस्तै छन् जस्तो कि मोवाइलमा डाटा सकियोस बरु उसले सापटी मागेर हुन्छ कि ऋण गरेर हुन्छ मोवाइल चार्ज गर्छन् तर छोराछोरीलाई समय खर्चेर पीठो मकै पकाएर खुवाउने कसैको फुर्सद हुँदैन । बरु चौधरी ग्रुपको वाइवाई चाउचाउ दशरुपियाँमा ल्याएर उमालेर नास्ता तयार गरिदिन्छन् । छोराछोरीका चप्पल फाट्यो भने एक दुइदिन पर्खाएर पख न किनौंला भन्छन् तर मोवाइलमा डाटा सकिए सेकेण्डभरमै भर्छन ।

खेतबारी बाँझो राखेर गोलभेँडा महंगियो यो भारतले गर्दा भनेर भारतलाई गाली गर्दछन् । खेतबारीमा धान मकै नरोपेर त्यो दुःख गर्नुभन्दा चामलका बोरा ल्याउन सजिलो ठान्दछन् । अधिकांसका श्रीमान वा श्रीमती बिदेश भैसकेपछि गाउँमा को बस्ने शहरमै कोठा भाडा लिएर बच्चा पढाउने भनेर बस्ने गर्दछन् । बाबुराम भटृराईजस्ता गाउँमै पढेर डाक्टर भए । लोग्ने बिदेश उडेपछि सुख सुविधा खोजेर शहर पस्छन् र महंगो बोर्डिंगमा छोराछोरी राख्दछन् यस्तो भएपछि समाज कसरी विकास हुन्छ ।

गाउँ कसरी विकास हुन्छ । छोराछोरीले अंग्रेजी पढ्दा गर्ब गर्ने बाबुआमा भएपछि कस्को के लाग्छ । त्यो छोराछोरीमा रामायण, महाभारतको ज्ञान हुँदैन । अंग्रेजीको ज्ञान भएपछि मेरा छोराछोरी ज्ञानी भए भन्ने भ्रम छ । गाउँ छाड्नु हुन्न भन्ने कुरा कोरानाले सिकाई दिएको छ ।