१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘लकडाउन’को अवज्ञा गर्ने प्रहरी नियन्त्रणमा

नेपालब्रिटेन डट कम्
१९ चैत्र २०७६, बुधबार ०५:००

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देश लकडाउन गरको आज नवौं दिनमा नियमको पालना नगर्ने एक हजार भन्दा बढिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका सबैलाई सडकमै हिरासत बनाएर उभ्याएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएर खुला आकासमुनि उभ्याएर संक्रमणबारे सचेतना दिएको महानगरिय प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार लकडाउन उल्लंघन गर्नेमा झण्डै दुई सय महिला समेत रहका छन । बुधबार लकडाउनको नियम तोड्दै विना पास सवारी चलाउने चालकसहित ५५ वटा सवारीसाधन पनि होल्डमा परेका छन् ।

प्रहरीले मंगलबार समेत राजधानीका विभिन्न ठाँउबाट लकडाउन अवज्ञा गर्नेमध्ये ६ सय भन्दा बढिलाई सडकमै होल्ड गरेको थियो । त्यस्तै, ७० वटा सवारीसाधन समेत नियन्त्रणमा राखेर होल्डमा परेका थिए ।