१५ बैशाख २०८१, शनिबार
Follow Us

कोरोना संक्रमणले अमेरिकामा एक लाख मानिसको ज्यान जान सक्छ : ट्रम्प

नेपालब्रिटेन संवाददाता
१९ चैत्र २०७६, बुधबार ०५:४६

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा कम्तिमा एक लाख मानिसको ज्यान जान सक्ने चेतावनी दिएका छन् । ह्वाइट हाउसमा भएको कोरोनाभाइरस टास्क फोर्सको ब्रिफिङको क्रममा उनले अबको दुई हप्ता निकै जोखिमपूर्ण र कठिन हुने बताएका हुन् ।

कुनै पनि सावधानी नअपनाइएमा २२ लाख मानिसको मृत्यु हुने जोखिम रहेको ट्रम्पले बताए । उनले संक्रमणबाट जोगिनका लागि सामाजिक दूरी कायम गर्न र सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।

विगतमा कोरोनालाई सामान्य फ्लू मात्रै भन्ने गरेका ट्रम्प पछिल्लो समय यसप्रति गम्भिर भएको देखिएको छ । अमेरिकामा अबको दुई हप्तामा अमेरिकामा एकदेखि दुई लाख मानिसको कोरोना भाइरसका कारण मृत्यु हुने चेतावनी यसअघि नै विज्ञले दिइसकेका छन् ।