६ चैत्र २०८०, मंगलवार
Follow Us

एनआरएनएको बदनाम गर्ने आइसीसी सदस्य बिक माथि कार्यवाही हुने

नेपालब्रिटेन डट कम्
१९ चैत्र २०७६, बुधबार १५:२५

लण्डन। गैर आवासीय नेपाली संघ (एनआरएन) ले संस्थामा विधी विपरित अभिव्यिक्ती दिने एक सदस्यलाई कार्यवाही गर्ने चेतावनी दिए छ । बिकले रवि लामिछानेको सिधाकुरा जनतासंग कार्यक्रममा गएर सरकारले नेपाल सरकारले चीनबाट स्वास्थ्य परिक्षण उपकरण र सुरक्षा सामग्रीहरुको खरिद गर्दा भ्रष्टचार गरेको भन्दै आरोप लगाए पछि संघले कार्यवाही गर्ने प्रकृया अघि बढाएको हो ।

संघका प्रवक्ता डिबी क्षेत्रीले बुधवार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारले चीनबाट स्वास्थ्य परिक्षण उपकरण र सुरक्षा सामग्रीहरुको खरिद गर्दाको प्रकृया र खरिद मुल्यका वारेमा संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका एक सदस्यले टेलिभिजन कार्यक्रममा दिएको सार्वजनिक अभिव्यक्ति प्रति हाम्रो ध्यानाकर्षण भएको जनाएका छन । बिकको नामै नलिइ जारी गरिएको बिज्ञप्तिमा निज (बिक) ले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा नभएको प्रष्ट पारिएको छ ।

विज्ञप्तिको पूर्णपाठ
प्रेस वक्तब्य

कोभिड-१९ को महामारीले अहिले विश्वमा विकराल स्थिति सृजना भएको छ, यो रोगबाट हजारौंले ज्यान गुमाई सकेका छन् भने लाखौं संक्रमणमा परेका छन् । यो महामारीले देश भित्र र बाहिर बस्ने नेपालीहरुलाई समेत प्रभाव पारेकोले संघलाई दोहोरो चुनौति थपिएको छ । प्रत्येक जसो मुलुकमा अप्ठेरोमा परेका नेपालीहरुका साथै मुलुक भित्रकै नेपालीहरुलाई सहयोग गर्नु हाम्रो कर्तब्य हो ।

संघका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा संसारभरका विज्ञहरु रहेको एक उच्च स्तरिय समिति गठन गरी एक रणनितिक कार्ययोजना तयार गरिएको छ । सोही अनुरुपमा संघका विश्वभर छरिएका राष्ट्रिय समन्वय परिषदहरुले नेपाली कुटनीतिक नियोगहरुको सहकार्यमा नेपाली समुदायलाई सहयोग गर्दै आएको समेत जानाकारी गराउँदछौ ।

साथै विगतमा महाभुकम्प, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपमा झैं कोभिड-१९ महामारीका बिरुद्ध लड्न नेपाल सरकारसँग गैरआवासीय नेपाली संघले सहकार्य गर्दै आएको छ । यसको लागि संघले नेपाल सरकारलाई कम्तिमा रु १ करोडको सहयोग गर्ने प्रतिवद्धता गरि सकेको छ भने बिभिन्न मुलुकहरुवाट स्वास्थ्य परिक्षण उपकरण र स्वास्थकर्मीहरुका लागि सुक्षाका सामाग्री खरिद गरी नेपलमा उपलव्ध गराउने प्रकृया शुरु भैसकेको छ ।

यसै प्रसङ्गमा नेपाल सरकारले चिनबाट स्वास्थ्य परिक्षण उपकरण र सुरक्षा सामग्रीहरुको खरिद गर्दाको प्रकृया र खरिद मुल्यका वारेमा संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका एक सदस्यले टेलिभिजन कार्यक्रममा दिएको सार्वजनिक अभिव्यक्ति प्रति हाम्रो ध्यानाकर्षण भएको छ । निजले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा नभएको प्रष्ट पार्न चाहान्छौं । संघले तोकेको आधिकारीक व्यक्ति बाहेक अन्य व्यक्तिले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा हुन नसक्ने आमसंचार माध्यमलाई समेत जानकारी गराउँदछौं ।

खरिद प्रकृयाका बिषयमा कुनै कमिजोरी भए यसको छानबिन गर्ने जिम्मेवारी राज्यको सम्बन्धित निकायको हो । यो आपतकालिन अवस्थामा देश विदेशमा बस्ने सबै नेपालीहरुलाई यस महाप्रकोप विरुद्ध संपुर्ण मानवजाति संग एकजुट भएर लड्न अनुरोध गर्दछौँ ।

डिबि क्षेत्री

प्रवक्ता,

गैरआवासीय नेपाली संघ ।

३१ मार्च २०२०