११ बैशाख २०८१, मंगलवार
Follow Us

बेलायतमा २९ हजार ४ सयमा कोरोना संक्रमण, २ हजार ३ सय जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
१९ चैत्र २०७६, बुधबार २१:०९

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एक दिनमै ५ सय ६३ जनाको मृत्यु भएको छ । २४ घण्टाको अवधिभित्र बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो नै अहिले सम्मकै सबै भन्दा बढी हो ।

बुधबार दिउँसो जारी गरिएको तथ्यांकअनुसार कोरोनाबाट बेलायतमा ज्यान गुमाउनेको कुल संख्या २ हजार ३ सय ५२ पुगेको छ ।

स्वास्थ्य विभागले दिएको जानकारी अनुसार दैनिक ४ हजार ३ सय २४ का दरले कोरोना संक्रमणका रोगीहरु बढ्ने गरेका छन् ।

बेलायतमा हालसम्म २९ हजार ४ सय ७४ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । कोरोनाको संक्रमण शुरु भए यता करिब २ हजार स्वास्थ्यकर्मीको कोरोना भाइरस परिक्षण गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । कोरोनाको कारणबाट विश्वमा ४५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।