७ बैशाख २०८१, शुक्रबार
Follow Us

लिवरपुल नेपाली समाजद्वारा राहत वितरण

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७६, बिहीबार ०४:५४

लण्डन । लिवरपुल नेपाली समाजले कोरोना भाइरसले सिर्जना गरेको संकटका कारण अपठ्यारो परेका नेपाली विद्यार्थीहरुलाई खाद्य सामाग्री वितरण शुरू गरेको छ । महामारीले बेलायतमा अध्ययन गरी बसेका विद्यार्थीलाई आर्थिक संकट पर्न सक्ने देखेर नेपाली समाजले केहि अघि सहयोग आवश्यक भए सम्पर्क गर्न आव्हान गरेको थियो । बुधबारमात्र समाजका सचिव शिवराज पन्त र सल्लाहकार कुमार घरतीले दश जना विद्यार्थीको ढोकामै पुगेर चामल, दाल, तेल लगायतका खाद्द सामाग्री वितरण गरे । तत्कालका लागि नेपाली समाजको कोष प्रयोग गर्ने र सहयोगको माग धेरै भए बिभिन्न व्यक्ति र संस्थाहरुसंग सहयोगका लागि अपिल गरेर भए पनि वितरण कार्य जारी राख्ने समाजको योजना छ ।

लिवरपुल नेपाली समाजको आव्हान

आदरणीय लिवरपुल र यस वरपरका नेपाली जनसमुदाय,

कोरोना भाइरसले सिर्जना गरेको यो स्वास्थ्य संकटकालको घडीमा तपाईहरु सबै स्वस्थ र सुरक्षित हुनुहुन्छ भन्ने आशा गर्दछु । यसले आर्थिक र सामाजिक संकट पनि उत्तिकै बढाएको छ । यदि तपाईहरु मध्य कसैलाई अत्यावश्यक सामाग्री, अत्यावश्यक यात्रा वा स्वास्थ सम्बन्धि कुनै समस्या परेको छ भने कृपया समाजलाई सम्पर्क गर्नुहोला । लिवरपुल नेपाली समाजले तपाईलाई सकेको सहयोग र सुझावहरु प्रदान गर्नेछ ।

लिवरपुल नर्थवेस्ट नेपाली समाज