१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अमेरिकामा कोरोनाले एकै दिन एक हजार बढीको मृत्यु

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०७६, बिहीबार ०४:५७

न्यूयोर्क । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एकै दिनमा एक हजार भन्दा बढीको मृत्यु भएको छ । बुधबार एक हजार ४७ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या पाँच हजार एक सय पुगेको छ ।

यस्तै नयाँ संक्रमणको दर पनि बुधबार अहिलेसम्मकै उच्च भएको छ । बुधबार एकै दिन २६ हजार ४ सय ३६ मा नयाँ संक्रमण पुष्टि भएसँगै अमेरिकामा कुल संक्रमितको संख्या दुई लाख १४ हजार ९ सय नाघेकमो छ ।

दुई लाख भन्दा बढी मानिसमा संक्रमण भएको अमेरिका एक मात्र देश हो । अमेरिकाको न्यूयोर्क सबैभन्दा बढी प्रभावित छ । न्यूयोर्कमा पछिल्लो २४ घण्टामा पाँच सय पाँच जनाको मृत्यु भयो भने सात हजार ९ सय १८ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

यस्तै न्यूजर्सी राज्यमा पछिल्लो २४ घण्टामा तीन हजार ५ सय ५९ जनामा नयाँ संक्रमण भेटिएको छ । पछिल्लो समय अमेरिका कोरोनो भाइरस सङ्क्रमणको केन्द्रबिन्दु बन्दै गएको छ ।