१३ बैशाख २०८१, बिहीबार
Follow Us

ब्रिटिश एयरवेजले ३६ हजार कर्मचारी निलम्बन गर्ने

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०७६, बिहीबार ०४:५८

लन्डन । बेलायतको ब्रिटिश एयरवेजले ३६ हजार कर्मचारी निलम्बन गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सबै उडान स्थगित भएपछि एयरवेजले आफ्ना कर्मचारी र चालक दलका सदस्यहरुलाई निलम्बन गर्ने घोषणा गरेको हो ।

कर्मचारी युनियनसँगको वार्तापछि कर्मचारी निलम्बनको सहमति भएको हो । एयरवेजले यसअघि नै आफ्ना ८० प्रतिशतसम्म कर्मचारी कटौती गर्ने बताइएको छ । कोरोनाको संकट समाधान नभएसम्म एयरवेजले सबै स्थानमा आफ्ना उडान स्थगित गरिसकेको छ ।

अवकास पाएका कर्मचारीले बेलायत सरकारले अवलम्बन गरेको कोरोना भाइरस रोजगार अवधारणा योजनामार्फत आफ्नो पारिश्रमिक पाउनेछन ।