११ बैशाख २०८१, मंगलवार
Follow Us

जापानमा ७६ देशका नागरिकलाई प्रवेशमा रोक

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०७६, बिहीबार ०५:०१

टोकियो । जापान सरकारले कोरोना भाइरसबाट संक्रमित व्यक्ति आफ्नो देशमा नछिरुन भन्ने उद्देश्यले ७३ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । प्रधानमन्त्री सिन्जो आवेले थप ४९ देशबाट जापान भित्रिन प्रतिवन्ध लगाउने घोषणा गरेका हुन् ।

राजधानी टोकियोमा बुधवार कोरोना भाइरसबाट संक्रमित थप ६५ जना भेटिएपछि अन्तर्राष्ट्रिय आवागमनमा कडाइ गरिएको हो । प्रतिवन्ध लगाइएका देशहरुमा अमेरिका, क्यानडा, चीन, दक्षिण कोरिया, दक्षिण पूर्वी एशियाका सात देशलगायत रहेका छन् ।

अत्यावश्यक बाहेकका भ्रमणहरु नगर्न पनि प्रधानमन्त्री आवेले सबैलाई आग्रह गरेका छन् । जापानमा कोरोना संक्रमितको संख्या झन्डै २ हजार ३ सय ८४ पुगेको छ । ५७ जनाको मृत्यु भएको छ ।