१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आज रामनवमी पर्व

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०७६, बिहीबार ०५:०८

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’पर्व आज मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रको पूजापाठ गरिन्छ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका कारण मन्दिरहरु भने बन्द अवस्थामा छन् । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको विश्वास गरिन्छ ।

आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पुरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।