१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ पुग्यो

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०७६, बिहीबार ११:३८

काठमाडौं । नेपालमा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँग कोरोना भाइरसको संक्रमिकतको संख्या ६ पुग्यो । उनी चैत ४ गते कतार एयरवेजको उडानबाट नेपाल आएका हुन् । छैटौं संक्रमित पनि बागलुङकै महिला रहेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गराए ।