१३ बैशाख २०८१, बिहीबार
Follow Us

विश्वमा १० लाख मानिसमा कोरोना संक्रमण, ५२ हजार ६ सय जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७६, बिहीबार २१:०१

लण्डन । विश्वमा कोरोना भाइरसको संक्रमणबाट विश्वमा १० लाख मानिसमा कोरोना संक्रमण, ५२ हजार ६ सय जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार २ लाख १० भन्दा बढी कोरोना भाइरस मुक्त भएर घर फर्केका छन् ।

संक्रमित मध्य ७ लाख ६ हजार (९५ प्रतिशत) लाई कोरोनाको सामन्य असर देखिएको छ भने ३७ हजार ७ सय जना (५ प्रतिशत) को अवस्था गम्भिर रहेको छ ।
कोरोनाबाट विहीवार सम्म सबैभन्दा धेरै ईटालीमा १३ हजार ९ सयको ज्यान गएको छ भने स्पेनमा मर्नेको संख्या १० हजार १ सय छ । उनीहरुलाई चीन, फ्रान्स, इरान, युके, जर्मनी, लगायतका देशले पछाई रहेका छन् ।

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ९ सय २१ पुगेको छ । ३३ हजार भन्दा बढीलाई कोरोनाको संक्रमण देखिएको छ । कोरानाको संक्रमण बढे पछि वेलायतले तीन हप्ताको लकडाउनको घोषणा गरेको छ ।