११ बैशाख २०८१, मंगलवार
Follow Us

६० वर्षमाथिका सबैको कोरोना परीक्षण गरिने

नेपालब्रिटेन संवाददाता
२१ चैत्र २०७६, शुक्रबार ०५:३५

काठमाडौं । सरकारले कोरोना भाइरस परीक्षणको दायरा फराकिलो पार्ने भएको छ । यसअघि अस्पताल पुगेका मानिसमा मात्रै संक्रमण भए नभएको परीक्षण हुँदै आएकोमा अब शंकास्पद सबैको परीक्षण गर्न लागिएको हो ।

अबदेखि कोरोना संक्रमण देखिएका साठी बर्ष माथिका सबैको अव स्वास्थ्य परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । संक्रमण भेटिएको विमानमा सँगै यात्रा गरेका सबै यात्रु र उनीहरुको सम्पर्कमा आएका यात्रुहरुको पनि परीक्षण गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

संक्रमण परीक्षणका लागि सरकारले सबै प्रदेशमा ल्याव स्थापना अन्तिम चरणमा पुर्‍याएको छ । काठमाडौं बाहिर धरान, पोखरा, धनगढी र सुर्खेतमा परीक्षण शुरु भैसकेको छ । वाग्मती प्रदेशको हेटौडामा आजवाट परीक्षण सुरु हुँदैछ । त्यस्तै प्रदेश दुईको जनकपुर र प्रदेश पाँचको लुम्बिनीमा पनि उपकरण जडान अन्तिम चरणमा पुगेको बताइएको छ ।

बिहीबारसम्म ११ सय ८४ वटा परीक्षण भइसकेको छ । ४३ जनाको परीक्षणको क्रममा रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले उपत्यकाका विभिन्न अस्पतालमा १६ जना र उपत्यका बाहिर ८९ जनाको आइसोलेसनमा राखेर उपचार भैरहेको छ ।