६ बैशाख २०८१, बिहीबार
Follow Us

चाबी छोडेर एम्बुलेन्स चालक भागे, विरामीको विजोग

नेपालब्रिटेन संवाददाता
२१ चैत्र २०७६, शुक्रबार १३:५२

बाग्लुङ । तत्काल बिरामीको उद्दार गरी उपचारका लागि २४ सै घण्टा तयार हुनुपर्ने एम्बुलेन्सले यतिबेला बिरामी बोक्न अनाकानी गर्न थालेका छन् । एम्बुलेन्सका चालकले समेत कोरोनाको बिरामी बोक्न नमानेपछि बिरामी बिचल्लीमा पर्न थालेका छन् । कोरोना भाइरसबाट संक्रमित बागलुङकी एक महिलालाई अस्पताल पु-याउन ठिक्क भएको नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको एम्बुलेन्सका चालक एकाएक हराएपछि बिरामी ल्याउन हम्मेहम्मे परेको थियो ।

सामाजिक काममा अग्रणी भूमिका खेल्ने भनिएको रेडक्रसकै एम्बुलेन्सका चालक चावी छाडेर भाग्नु दुःखलाग्दो भएको अस्पतालको भनाइ छ । उता एम्बुलेन्स चालकहरुले भने रेडक्रसले आफूहरुलाई नियुक्ति पत्र पनि नदिइएको र बिमा समेत नगरेकाले आफूहरु असुरक्षित भएकाले बिरामी बोक्न समस्या परेको गुनासो गरेका छन् ।