१५ बैशाख २०८१, शनिबार
Follow Us

गण्डकी अस्पतालको चरम लापारबाही: पिडामा बागलुङका बालक

sarusaru
२२ चैत्र २०७६, शनिबार ०७:२५

पोखरा – गण्डकी प्रदेशको सबैभन्दा ठूलो अस्पताल हो–गण्डकी अस्पताल । विश्वभर महामारीको रुपमा फैलिईंरहेको नोवेल कोरोना भाइरस जाँच्ने गण्डकी प्रदेशको एक मात्र ठूलो अस्पताल पनि गण्डकी नै हो । तर, बागलुङको ताराखोला गाउँपालिका–१ देखि उपचार खोज्दै अस्पताल आएका ६ वर्षिय बालकलाई कोरोनाको आशंका गर्दै अस्पतालभित्र छिर्न दिएको छैन । शुक्रबार बिहान करिब ११ बजे ६ वर्षिय बालकलाई दुई वटा कुर्चिको बेड बनाएर अस्पताल परिसरमा खुला आकाशमुनि उपचार पर्खेर बसिरहेका थिए बिरामीका बुबा खिमानन्द कँडेल र काका चित्रराज कँडेल । बिरामी होमराज कँडेल उपचार खोज्दै आएको अस्पताल अघि मृत्युसँग पौठेजोरी खेल्दै थिए । बुबा मलिन हुँदै, थोरै आशा बोकेर उपचारको लागि बोलाई हाल्छन् कि भनेर हेर्दै थिए ।
३ दिनअघि एक्कासी ज्वरोले च्यापेपछि उनका बुबा र काकाले रातको १ बजे ताराखोला गाउँपालिका–१ माझखर्कबाट गलकोट नगरपालिका हटियामा चेक गर्न लगेका थिए रे ! राती एक बजे अस्पताल पु¥याएर ब्लड चेक गर्दा रिपोर्ट राम्रो आएको थियो । ‘रिपोर्ट ल्याएर एकदम राम्रो छ भन्नुभयो त्यहाँ डाक्टरले’, बिरामी होमराजका काका चित्रराजले भने ।
ब्लड चेँक गर्दा रिपोर्ट राम्रो देखिए पनि व्यथा कम भएन । दोस्रो दिन डाक्टरले एक्सरे गरेर हेरें । एक्सरे गरेर हेर्दा छातीमा थोरै समस्या देखिएको थियो । निमोनिया भएको रहेछ । निमोनिया देखिईसकेपछि त्यहाँ उपचार सम्भव नहुने बताउँदै डाक्टरले पोखरा मनिपाल अस्पताल रिफर गरें । ‘१० हजार शुल्क लिएर आफ्नै अस्पतालको एम्बुलेन्समा ल्याएर मनिपालमा छोडिदिनुभयो’, बिरामीका काका चित्रराज सुनाउँछन्, ‘मनिपालमा साँझको ५ बजे आईपुगेका थियौं । भर्ना गरेर ब्लड चेक, एक्सरे सबै भयो । पछि भर्ना पनि ग¥यौं ।’
भर्ना गरेको एक÷आँधी घण्टापछि डाक्टर आए । चेँकजाँच गरेर उनी गए । उनीहरुले हेरिरहेका थिए । ‘त्यसपछि डाक्टर काउन्टरमा जानुभयो’, उनी अघि सुनाउँछन्, ‘हामी चाहीँ उहीँ गयौं । यसो भित्र गएर हेर्दा यो बिरामीमा शंका छ । गाडी बोलाएर गण्डकीमा लैजानु पर्छ । यहाँ हुँदैन भन्नुभयो, हामीले ढाँट्ने कुरा भएन, ढाँटेनौं ।’
मनिपाल अस्पतालले पनि उपचार गर्न नमानेपछि त्यहाँबाट एम्बुलेन्समा हालेर गण्डकी अस्पताल पठाईदियो । रातको समयमा अस्पतालको गेटमा ल्याई छोडेर एम्बुलेन्स गयो । गेटमा बाहिरबाट जाने मान्छे सबैको ज्वरो जाँचिन्छ । उनीहरुको पनि जाँचियो । चेँक गरेपछि इर्मेजेन्सी गए उनीहर । तर, भित्र छिर्न नपाएको पाँच मिनेट पनि नहुँदै बाहिर निस्किनु प¥यो ।
‘इर्मेजेन्सीबाट निकालेपछि उता गएर बस्नुस्, भनेर हातले इशारा गर्दै देखाउनु भयो । हामी आयौं । उहाँहरु देखाउन आउनु भएन’, दुखेसो पोख्दै उनले भने ।
वरपर सबै बन्द भईसकेको थियो । कहाँ जाने के गर्ने केही थाहा थिएन । फेरि, कहाँ हो भन्दै सोध्न गए । ‘कहाँ हो सर हामीले भेटेनौं भनेर सोध्न गयौं,’ हातको इशाराले इशारा लगाउँदै उनले भने, ‘यहाँनेर बस्नुस् भनेर भगवती मन्दिरको सिढीँनेर राख्नुभयो । साढे आठ बजेबाट १२ बजेसम्म त्यही बस्यौं ।’
हामी त ठिकै थियौं । तर, बच्चालाई शितलहरमा समस्या भयो । त्यसमाथि बिरामी । काँखमा राख्दा–राख्दा गोडा पनि दुँखे । उनी भन्छन्, ‘पछि १०० नम्बरमा फोन गर्दा प्रहरीलाई खबर ग¥यौं । प्रहरी सरहरुले सोधपुछ गर्नुभयो, हामीले सबै कुरा बताएपछि भित्र कोठामा लगेर यहाँ बस्नुस् भोलि १० बजे चेँक हुन्छ भन्नुभयो ।’
तर, अहिलेसम्म कुनै चेक भएको छैन । उज्यालो भएपछि बाहिर जानुस्, यहाँ सफाई गर्नुप¥यो, एक घण्टा लाग्छ सफा गर्न बिरामीको चाँप बढ्छ भनेर यहाँ ल्याएर राख्नुभयो । ‘त्यहाँ पनि बस्न मिल्दैन भनेर यहाँ ल्याएर राख्नुभयोे’, उनी थप्छन्, ‘यहाँ राखेको त ४ घण्टा हुन लाग्यो । अहिलेसम्म कोही पनि सोधपुछ गर्न आएको छैन ।’
के भयो ? कसो भयो ? भनेर बिहान बुझ्न गए पनि आफूहरु बेवास्तामा परेको भन्दै उनले गुनासो पोखे । ‘बच्चालाई ज्वरोले च्याप्यो के गरौं भनेर इमर्जेन्सीमा गएर मैले कुरा गरें’, उनी गुनासो पोख्छन्, ‘डाक्टर आउँनुहुन्छ भन्नुभयो डाक्टर आउनुभयो पछि मनिपालले औषधी दिएको होला त्यो औषधी खुवाउनुहोस् न भनेर भन्नुभयो । मनिपालमा पनि एउटा ज्वरोको औषधी दिएको छ । त्यो औषधी बिहान खुवायौं । त्यसपछि सुत्यो ।’
उपचार खोज्दै अस्पतालमा आउँदा पनि केही डिसिजन नपाएको भन्दै उनले गुनसो पोखे । अस्पताल आएदेखि खाना पनि नखाएको उनले सुनाए । ‘हामीले हिजोदेखि खाना पनि खाएका छैनौं । अघि खाना खान बोलाइएको थियो’, उनले भने, ‘खानभन्दा बच्चाको पीर छ । अहिलेसम्म कोही आउनु भएको छैन । हामीलाई सहारा दिनुभएको छैन ।’
यता, गण्डकी अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले बिरामीलाई उपचार गर्न नमानेको आरोपको खण्डन गरेका छन् । बिरामी बालकको स्वाब लिएर कोरोना भाइरसको टेस्ट भईसकेको र उनको रिपोर्ट नेगेटिभ आएको उनले बताए । ‘हामीले भर्ना लिन नमानेको हुँदै होइन’, उनले भने, ‘मनिपालबाट यहाँ आउनु भएको थियो । यस्तो संक्रमणको बेला ढिला त भईहाल्छ नि ! हामीले भर्ना लिएर उपचार पनि थालिसकेका छौं । उपचार नगर्ने भन्ने त हुँदै हुँदैन ।’