१२ बैशाख २०८१, बुधबार
Follow Us

बेलायती सांसदलाई नेपाल प्यारो

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७३, बुधबार १५:०२

लन्डन । बेलायती सांसद डा तानिया माथिएसले नेपालको प्राकृतिक सौन्दयर्ताले आफूलाई मोहित पार्ने बताएकी छन् । हिथ फिल्ड कन्जरभेटिभले आफ्ना सदस्यहरुबीच आयोजना गरेको च्यारिटी डिनरमा टवीकेनहाम क्षेत्रकी सांसद तानियाले नेपाली सञ्चारकर्मीसंग आफू सानै उमेरमा नेपाल गएको स्मरण गर्दै समय मिले फेरि नेपाल घुम्न इच्छुक भएको बताइन् ।

नेपाली सञ्चारकर्मीले इलिंग साउथहलका सांसद बीरेन्द्र शर्मा, फेल्थाम र हेस्टनकी सांसद सिमा मल्होत्राले केही समय अघि नेपाल भ्रमण गरेको प्रसंग कोट्याउंदा तानियाले आफू पनि नेपाल घुम्न इच्छुक भएको बताएकी थिइन् ।

तानियाले बेलायतमा नेपाली समुदायको अवस्थाबारे समेत जिज्ञासा राखेकी थिइन् ।

अन्नपूर्ण रेष्टुरेन्टमा आयोजित च्यारिटी डिनरमा रेष्टुरेन्ट सञ्चालक बाबुराम शर्मा अाचार्य अतिथीहरुको स्वागत गरेका थिए । उक्त अवसरमा काउन्सिलर र हिथ फिल्ड कन्जरभेटिभका पार्टी सदस्यहरु उपस्थित थिए । उनीहरुले आफ्नो क्षेत्रका विकास प्राथमिकता र पार्टीको रणनीतिक कार्यक्रमबारे छलफल गरेका थिए ।


15239164_10207819693679130_1156507631_n