१५ चैत्र २०८०, बिहीबार
Follow Us

बेलायतमा कोरोनाबाट एकै दिन ७ सय ८ जनाको ज्यान गयो

नेपालब्रिटेन डट कम्
२२ चैत्र २०७६, शनिबार १३:४६

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ३ सय ५३ पुगेको छ । पछिल्लो २४ घन्टामा बेलायतमा कोरोना संक्रमणका कारण ७ सय ८ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य विभागले जनाए अनुसार अहिलेसम्म ४१ हजार ९ सय ३ जना कोरोना भाइरसको शिकार बनिसकेका छन् ।

संक्रमित हुनेको संख्या हिजोसम्म ३८ हजार १ सय ६८ रहेको थियो । कोरोना संक्रमितको संख्या दैनिक १७ प्रतिशतको बढ्ने गरेको बताइएको छ । बढ्दो संक्रमणलाई ध्यानमा राख्दै लकडाउनको पूर्ण रुपमा पालना गर्न सरकारले बेलायतवासीलाई कडा चेतावनी दिंदै आइरहेको छ ।

यस विकेन्डमा बेलायतको तापक्रम यस वर्ष पहिलोपटक २० डिग्री सम्म पुग्ने अनुमान गरिएले पार्क लगायतका स्थानहरुमा नजान सरकारले अनुरोध गरेको छ । अझै पनि कतिपय बेलायतवासीहरुले सोशिएल डिस्टान्सिंगको पालना नगरेको सरकारले आरोप लगाएको छ । बेलायतकी नर्स प्रमुख रुथ मेले हिजोमात्र कोरोनाबाट मृत्यु भएका दुई नर्सहरुको सम्झना गर्दै सबैजनालाई घरमा नै बस्न आग्रह गरेकी छन् । विश्वभरीमा कोरोना भाइरस (कोभिड १९) का कारण ज्यान गुमाउनेको संख्या ६१ हजार नाघिसकेको छ ।