१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल हाउसका लागि एकै दिनमा सवा करोड संकलन

नेपालब्रिटेन डट कम्
२१ असार २०७३, मंगलवार १३:४१

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएन) ले नेपाल हाउस प्रोजेक्टका लागि शनिवार एउटै कार्यक्रमबाट करिब १ करोड रुपैयाँ भन्दा बढी सँकलन गरेको छ । करिब १५ लाख पाउण्ड अनुमान गरिएको सो भवनका लागि संघले पहिलो पटक आर्थिक थालेको हो ।

अल्डरसटको एम्पायर ब्यांकक्यूटिङ हलमा च्यारिटी कार्यक्रम उपस्थित ब्यवसायी तथा बिभिन्न संघसँस्थाका प्रतिनिधीहरुले नेपाल हाउसका लागि सहयोग दिने घोषणा गरेका हुन् । गैरआवासीय नेपाली सँघ यूकेका कोषाध्यक्ष दिपक श्रेष्ठका अनुसार शनिवारको कार्यक्रमबाट मात्रै ८० हजार ३ सय ७० पाउण्ड जम्मा भएको छ । श्रेष्ठका अनुसार नेपाल हाउसका लागि हाल सम्म १ लाख ५१ हजार १ सय ९५ पाउण्ड संकलन भै सकेको छ । श्रेष्ठका अनुसार पहिलो चरण संकलित सो रकम अपेक्षित भन्दा निकै बढी हो । सहयोगदाताहरुको विवरण पछि प्रकाशित गरिने उपाध्यक्ष हिराधन राईले जनाएका छन् ।

कार्यक्रममा बेलायतका लागि कार्यवाहक राजदूत शरदराज आरनलाई स्वागत तथा सम्मान समेत गरिएको थियो । गैरआवासीय नेपाली सँघ यूकेका अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्ने बक्ताहरुले बेलायतमा बन्ने नेपाल हाउसको सफलताको लागि शुभकामना दिए ।

कार्यक्रममा गैरआवासीय नेपाली सँघका सल्लाहाकारद्धय विश्वआर्दश पण्डित, डमर घले, पूर्वअध्यक्षहरु कुल आचार्य, योगेन क्षेत्री, सूर्य गुरुङ, महेन्द्र कंडेल, पूर्व एनआरएन यूरोप संयोजक चिरन्जीबी ढकाल, लक्ष बहादुर गुरुङ, ब्यवसायीहरु कृष्ण भट्ट, कमल भण्डारी, किशोर सापकोटा, ज्ञाम गुरुङ, नेपाली दूतावास लन्डनका एट्याची तेजेन्द्र रेग्मी लगायत स्थानिय बिभिन्न संघसँस्थाको प्रतिनिधीहरुको उपस्थिती थियो ।