६ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोनाका कारण मृत्यु हुनेको संख्या ६४ हजार ७ सय नाघ्यो

नेपालब्रिटेन संवाददाता
२३ चैत्र २०७६, आईतवार ०८:५६

लन्डन । विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या १२ लाख नाघेको छ । भाइरसका कारण अहिलेसम्म ६४ हजार ७ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । दुई लाख ४६ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

अमेरिकामा मात्रै संक्रमितको संख्या ३ लाख ११ हजार नाघेको छ भने ८ हजार ४ सय ५२ जनाको मृत्यु भइसकेको छ । त्यहाँ पछिल्लो चौविस घण्टामा १ हजार ४८ जनाको मृत्यु भएको छ ।

यसैगरी, इटलीमा संक्रमित हुनेको संख्या १ लाख २४ हजार ६ सय नाघेको छ भने १५ हजार ३ सय ६२ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या स्पेनमा १ लाख २६ हजार नाघेको छ । त्यहाँ ११ हजार ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

जर्मनीमा संक्रमितको संख्या ९६ हजार नाघेको छ । त्यहाँ एक हजार ४ सय ४४ जनाको मृत्यु भइसकेको छ । फ्रान्समा संक्रमितको संख्या ८९ हजार ९ सय नाघेको छ भने मृत्यु हुनको संख्या ७ हजार ५ सय नाघेको छ । त्यहाँ एकै दिन १ हजार ५३ जनाको मृत्यु भएको छ ।

इरानमा संक्रमितको संख्या ५५ हजार ७ सयभन्दा बढी पुगेको छ भने ३ हजार ४ सय ५० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । बेलायतमा पनि संक्रमण फैँलदो क्रममा रहेको छ । त्यहाँ ४१ हजार ९ सयभन्दा बढीमा संक्रमण देखिएको छ भने ४ हजार ३ सय १३ जनाको मृत्यु भइसकेको छ ।

दक्षिण एसियाली राष्ट्रहरुमा समेत संक्रमितको संख्या बढ्दो छ । पाकिस्तानमा संक्रमितको संख्या २ हजार ८ सय नाघेको छ भने ४१ जनाले ज्यान गुमाएका छन् । भारतमा कोरोना संक्रमितको संख्या तीन हजार ५ सय नाघेको छ भने ९९ जनाले ज्यान गुमाएका छन् ।