८ बैशाख २०८१, शनिबार
Follow Us

राष्ट्रिय आविष्कार केन्द्रको सक्रियतामा त्रिवि शिक्षण अस्पतालमा कोरोनाभाइरस परीक्षण बुथ

sarusaru
२४ चैत्र २०७६, सोमबार ०७:४७

काठमाडौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कोरोनाभाइरस बुथ परीक्षण स्थापना गरिएको छ । डा. सन्तोष सापकोटाले एक फेसबुकमार्फत कोरोनाभाइरस परीक्षण बुथ तयार भएको जानकारी दिएका हुन् । यो बुथको स्थापना महावीर पुनको नेतृत्वमा राष्ट्रिय आविष्कार केन्द्रको टिमले तयार गरेको उनले जानकारी दिएका छन् ।यद्यपि यो बुथले आधिकारिकता पाउन भने बाँकी नै छ । यसको परीक्षणको विश्वसनीयता जाँच गरी यसलाई वैधता दिनको लागि गुणस्तर विभागमा अनुरोध गरिएको डा. सापकोटाले उल्लेख गरेका छन् । सरकारी नियमनकारी निकायबाट वैधता पाएपछि यो बुथबाट कोरोनाभाइरस संक्रमणको आशंका गरिएकाहरुको नमूना संकलन गरी परीक्षणको काम सुरु हुनेछ । डा. सापकोटाले यो नेपालकै पहिलो परीक्षण बुथ भएको उल्लेख गरेका छन् ।
डिसी नेपाल