११ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त, लकडाउन थपियो

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७६, सोमबार ११:१८

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि केशवप्रसाद भट्टराई, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियो । सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।
यसै बीच सरकारले वैशाख ३ गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले दुई हप्तादेखि जारी लकडाउनको अवधि लम्ब्याएको हो ।

सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिससमेत गरेको छ । कोरोनाको जोखिम बढेपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक स्थगित हुँदै आएका छन्।