१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोनसन आइसियुमा

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७६, सोमबार १९:४२

लण्डन । बेलायत प्रधानमन्त्री बोरीस जोनसनलाई आइसियु(सघन उपचार कक्ष) मा सारिएको छ । कोरोना भाइरसको संक्रमणले विगत १० दिन देखी आइसोलेसनमा रहेका जोनसनलाई आइतवार साझँ लण्डनस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । ५५ वर्षिय जोनसनलाई सोमवार दिउँसो देखी अक्सिजन दिन थालिएको थियो ।

उनी डाउनिंग स्ट्रीट नजिकै सेन्ट थेम्म अस्पतालमा नाटकीय रूपमा भर्ना भएपछि प्रधानमन्त्रीको अवस्थाबारे चिन्ता बढ्दै गएका वेलायती संचारमाध्मले जनाएका छन् । उनको उपचारका खटिएका चिकित्सकहरुले पूर्वसावधानीको लागि अस्पताल भर्ना गरिएको दावी गरेका छन् ।

OLYMPUS DIGITAL CAMERA