१३ बैशाख २०८१, बिहीबार
Follow Us

पूर्व प्रधानमन्त्री देउबाद्धारा प्रवासी नेपालीहरुको स्वास्थ्यप्रति चिन्ता

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७६, सोमबार २०:४४

लण्डन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री शरेबहादुर देउबाले संयुक्त अधिराज्य बेलायत लगायत विश्वका अन्य मुलुकमा रहेका नेपालीहरुको स्वास्थ्य र उनीहरुको दैनिक जीवनप्रति चासो व्यक्त गरेका छन । कोरोना संक्रमण महामारीको रुपमा फैलिरहेको वर्तमान परिस्थितिमा बेलायतस्थित नेपाली जनसम्पर्क समितिलाई सम्पर्क गरी उनले आफ्नो चिन्ता प्रकट गरेका हुन ।

नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङसंगको लामो संवादका क्रममा कांग्रेस सभापति देउवाले बेलायतमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी लिएका थिए ।
पूर्व प्रधानमन्त्री देउवाले सम्वादको क्रममा देउवाले बेलायत सरकारले कोरोना नियन्त्रणको लागि बनाएको स्वास्थ्य प्रोटोकल पूर्ण रुपमा पालना गर्न बेलायतबासी नेपालीहरुलाई देउवाले आव्हान गरेका छन् ।
यसअघि नेपाली कांग्रेसका महामन्त्रीको सशांक कोइराला लगायतका नेताहरुले अमेरिकास्थित नेपाली समुदायको बारेमा चासो राख्दै भिडियो माध्यबाट बैठक गरेका थिए ।