१३ बैशाख २०८१, बिहीबार
Follow Us

स्वास्थ्य समग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचारको विषयमाथि छानविन गर्न माग

नेपालब्रिटेन संवाददाता
२५ चैत्र २०७६, मंगलवार १६:०८

काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकारमा नरहेर पनि संकटको बेलासँगै लडन सरकारलाई सहयोग गर्ने बताएको छ । आज पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारीहरुको बैठकले मानवीय भावनाले सरकारलाई सहयोग गर्ने निर्णय गरेको हो । कोरोना भाइरस को महामारीसँग लडन सरकारलाई प्रयाप्त समय हुँदा पनि तयारी गर्न नसकेको अवस्थामा कांग्रेसले पूर्ण सहयोग गर्ने जनाएको हो ।

कोरोना भाइरस संक्रमणको नियन्त्रणका लागि गरिएको स्वास्थ्य समग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचारको विषयमाथि छानविन गर्न बैठकले माग समेत गरेको छ । पीपीइ, परिक्षण किट लगायतका सामग्री ल्याउन ढिलो गर्ने र बजार मूल्य भन्दा बढी रकम खर्च गरेर राज्य कोषमा भ्रष्टाचार भएको ठहर कांग्रेसको छ ।

बैठकले पीपीइ, भेन्टीलेटर, परिक्षण किट लगायतका अपरिहार्य सामग्रीको व्यवस्था छिटो गर्न आग्रह गरेको छ । ज्यालादारी श्रमीकहरुलाई राहत प्रयाप्त नभएको, सहरी क्षेत्रमा डेरा गरेर बस्ने विद्यार्थीहरुलाई राहतको व्यवस्था गर्नुपर्ने माग समेत कांग्रेसले गरेको छ । कांग्रेसले कोरोना भाइरसका विषयमा पार्टीले गर्नुपर्ने कार्यमा सुझाव लिन विज्ञ समुह गठन गर्ने निर्णय समेत गरेको छ । कांग्रेसले कार्यकर्तालाई ठाउँबाट उच्च मानविय भावनाका साथ काम गर्न निर्देशन पनि दिएको छ ।