१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोनाले अमेरिकामा एकैदिन १८०० को मृत्यु

नेपालब्रिटेन संवाददाता
२६ चैत्र २०७६, बुधबार १०:०८

जेनेभा । अमेरिकामा मंगलबार कोरोना भाइरस सङ्क्रमणका कारण एकै दिनमा सर्वाधिक मानिसको मृत्यु भएको छ । मंगलबार एकैदिन अमेरिकामा १८०० को ज्यान गएको हो । यसअघि अप्रिल ४ मा अमेरिकामा १ हजार ३ सय ४४ जनाको मृत्यु भएको थियो । तीन दिनपछि मृतकको संख्या झनै बढेको हो ।

केही राज्यबाट विवरण आउन बाँकी भएकाले उक्त संख्या अझै बढ्ने बताइएको छ । अमेरिकामा कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु भनिएको न्यूयोर्कमा मंगलबार ७ सय ३१ जनाको मृत्यु भएको छ । न्यूयोर्कका गर्भनरले महामारीको उत्कर्षमा आफ्नो राज्य पुग्न लागेको बताएका छन् ।

अस्पताल र सघन उपचार कक्षमा भर्ना लिने क्रम घटेको भनिएको छ । अमेरिकामा कोभिड १९ भएर मृत्यु हुने मानिसको सङ्ख्या १२ हजार ८ सय नाघेको छ । अमेरिकामा अहिलेसम्म झन्डै चार लाख मानिसमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

विश्वभरि सङ्क्रमित मानिसको संख्या पनि अमेरिकामा धेरै छ । अहिलेसम्म अमेरिकामा ४ लाख भन्दा बढी मानिसमा संक्रमण देखिसकिएको छ । यसैबीच अमेरिकी गायक र गीतकार जन प्राइनको पनि कोरोनाभाइरससँग सम्बन्धित जटिलताका कारण मृत्यु भएको छ ।