May 29, 2020
10:51 AM | 3:36 PM

लुम्बिनी प्रादेशिक अस्पतालका ५ चिकित्सक बर्खास्त

  8th April 2020 मा प्रकाशित

काठमाडौं । कोरोनाको महामारीको संकटमा पनि अस्पताल नजाने चिकित्कहरुलाई प्रदेश ५ ले कारवाही गर्न थालेको छ । लुम्बिनी प्रादेशिक अस्पतालबाट प्रदेशको सामाजिक विकास मन्त्रालयले कारवाही थालेको हो ।

विना सुचना अस्पतालमा उपस्थित नभएका पाँच जना चिकित्सकलाई कारवाही स्वरुप सेवाबाट हटाइएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्ष सुर्य बहादुर भट्टराईले जानकारि दिए ।

यसरी हटाइनेमा रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा तारा प्रसाद शर्मा, इएनटी विभागका डा. प्रकाश न्यौपाने, युरो सर्जन डा. सुवासचन्द्र चौधरी, आकस्मीक विभागमा कार्यरत डा प्रकृति कार्की रहेका छन् । कोरोनाको महामारीको वेलामा पनि सेवामा नखटिने चिकित्सकहरुलाई हटाईएको अस्पतालले जनाएको छ ।

हटाइएकाहरु करारमा नियुक्त भएका चिकित्सकहरु हुन् । कोरोना भाइरसको संकटको बेलामा सेवामा हाजिर नहुने चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुलाई कारवाही गरिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया