८ बैशाख २०८१, शनिबार
Follow Us

कोरोना भाइरसबाट बेलायतमा अर्का एक पूर्वगोरखा सैनिकको निधन

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७६, बुधबार १८:२१

लन्डन । कोरोना भाइरसका कारण वेलायतका अर्का पूर्वगोरखा सैनिकको निधन भएको छ ।

तमुधिं लन्डन इकाईका पूर्व अध्यक्ष दिपक (डेविड) गुरुङका अनुसार ५९ वर्षीय भूपू गोरखा चेत प्रसाद गुरुङको लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार सांझ निधन भएको हो ।

उनको कोरोना भाइरस कोभिड (१९) संक्रमणको कारण मृत्यु भएको बताएको छ ।

नेपाल पर्वत स्थायी घर भई लामो समय देखि श्रीमतीका साथ लण्डनको अल्पर्टनमा बस्दै आएका थिए । उनी तमुधिं लण्डन इकाईका बरिष्ठ उपाध्यक्ष समेत थिए । गुरुङ्गसंगै वेलायतमा कोरोनाको कारणले मृत्यु हुने नेपालीको संख्या तीन पुगेको छ ।

यसअघि बेलायतमा एकजना भूपू गोर्खा सैनिक लीलाबहादुर राई तथा प्रशान्त अर्यालको कोरोना संक्रमणका कारण निधन भएको थियो ।