१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोनाका कारण नेपाली रुपैयाँ हालसम्मकै कमजोर

नेपालब्रिटेन संवाददाता
२७ चैत्र २०७६, बिहीबार ०५:२४

काठमाडौं । कोरोना भाइरसको महामारीले निम्त्याएको संकटका कारण नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २२ रुपैयाँ ५० पैसा तोकेको छ । एक अमेरिकी डलरको खरिद दर १ सय २१ रुपैयाँ ९० पैसा तोकिएको छ । यो दर हालसम्मकै उच्च हो ।

यसअघि यही चैत ११ मा सबैभन्दा बढी १ सय २२ रुपैयाँ ३४ पैसा विनिमय दर तोकिएको थियो । अमेरिकी डलरसँग नेपालको विनियमय स्थिर गरिएका कारण अमेरिकी डलरको तुलनामा भारतीय रुपैया कमजोर हुँदा नेपाली मुद्रा पनि कमजोर हुने गर्दछ ।