१४ बैशाख २०८१, शुक्रबार
Follow Us

धौलागिरि अस्पतालमा भेन्टिलेटर प्रयोग गर्ने जनशक्ति नै छैनन् !

नेपालब्रिटेन संवाददाता
२७ चैत्र २०७६, बिहीबार १४:४६

बाग्लुङ । धौलागिरि अस्पताल बाग्लुङलाई गण्डकी प्रदेश कै नमुना हव अस्पताल बनाउने घोषणा गरेपनि यतिबेला अस्पतालमा अत्यावश्यक सामाग्रीकै अभाव रहेको छ । दुई जना कोरोना संक्रमितको समेत उपचार गरिरहेको अस्पताल दक्ष जनशक्ति र स्वास्थ्य उपकरण विना नै चलिरहेको छ । प्रदेश सरकारले हतारहतारमा धौलागिरि अस्पतालमा कोभिड १९ का बिरामीको उपचारको लागि लक्षित गरि भेन्टिलेटर पठाए पनि अहिले त्यसलाई प्रयोग गर्ने जनशक्ति नै छैनन् ।

अस्पतालको आइसोलेसन वार्डमा उपचार गराइरहेकी एकजना कोराना भाइरस संक्रमित ६५ बर्षिय महिला दमको रोगी छिन । उनलाई जुनसुकै बेला पनि भेन्टिलेटर आवश्यकता पर्न सक्छ तर दक्ष कर्मचारी नहुँदा अस्पतालमा आएको सामाग्री समेत प्रयोग गर्न नसकिएको भन्दै ब्यवस्थापन समितिले चिन्ता व्यक्त गरेको छ ।

उपकरण अभावमा चिकित्सक पनि जोखिम मोलेर काम गरिरहेका छन । प्रदेश सरकारले भने अस्पतालको क्षमता बिस्तारका लागि एक करोड बजेट हालै पठाइएको जनाएको छ । थप जनशक्ति र बजेटपनि दिन तयार रहेको प्रदेशको भनाइ छ । अहिले अस्पतालमा बिशेषज्ञ चिकित्सक सहित २२ जना स्वास्थ्यकर्मी कार्यरत छन ।