८ बैशाख २०८१, शनिबार
Follow Us

माओवादी केन्द्रका केन्द्रीय सदस्य संशोधनको विपक्षमा

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७३, बिहीबार ०६:०६

काठमाडौं । सरकारको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र)का एक केन्द्रीय सदस्यले संविधान संशोधनको विरोधमा जनस्तरबाट भएका कार्यक्रममा ऐक्यबद्धता जनाउनुभएको छ ।

केन्द्रीय सदस्य आरसी न्यौपानेले संशोधनमार्पmत विवादित मुद्दा सच्याउँदै शक्ति सन्तुलन र राष्ट्रिय सहमतिका साथ संविधान कार्यान्वयन गर्दै मुलुकलाई दिशानिर्देश गर्न संशोधन प्रस्ताव सकारात्मक प्रयास भएपनि हिमाल, पहाड, तराईका राष्ट्रिय जीवनको अन्तर्निर्भरता र शक्तिलाई प्रतिकूल प्रभाव गर्ने गरी, शाश्वत सत्यलाई नै अस्तित्वहीन बनाउने सोच गलत भएको जनाउनुभएको छ ।

साहित्यकारसमेत रहनुभएका गुल्मी निवासी न्यौपानेले विज्ञप्ति जारी गरी प्रादेशिक सीमाङ्कन संशोधनको सम्बन्धमा जनस्तरबाट राष्ट्रिय हितमा उठेका आवाजलाई ऐक्यबद्धता जनाउँदै जारी विरोध कार्यक्रममा सहभागिताको लागि आह्वान गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “लुम्बिनीमा तराई र पहाडलाई एउटै राष्ट्रिय मूलप्रवाह तथा एउटै प्रदेशमा राख्ने जुन सचेत अभियान तथा आन्दोलन चलिरहेको छ, त्यसमा हाम्रो ऐक्यबद्धतासहित सहभागिता छ ।”