११ बैशाख २०८१, मंगलवार
Follow Us

वेलायती प्रधानमन्त्री जोनसन छिट्टै डिस्चार्ज हुने

नेपालब्रिटेन डट कम्
२७ चैत्र २०७६, बिहीबार १८:३४

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यमा सुधार आएको स्थानिय संचारमाध्यमले जनाएका छन् ।

गत आइतबारदेखि लण्डनस्थित सेन्ट थेमस अस्पतालमा उपचार गराइरहेका जोनसनलाई विहीवार साँझ आइसियु (सघन उपचार कक्ष) बाट साधारण वार्डमा सारिएको बिबिसीले उल्लेख गरेको छ । केही मिडियाले जोनसन आइतवार सम्म अस्पतालबाट डिस्चार्ज हुन सक्ने अपेक्षा गरेका छन् ।

यसअघि प्रधानमन्त्रीको कार्यालय ‘१० डाउनिङ स्ट्रिट’ले विहिबार दिउँसो एक पत्रकार सम्मेलन मार्फत प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा ‘सुधार जारी’ रहेको जनाएको थियो ।
कोरोना भाइरसबाट संक्रमित प्रधानमन्त्रीको स्वास्थ्य जटिल बनेपछि आइतबार अस्पताल भर्ना गरिएको थियो

यसै बीच बेलायत सरकारले तीन हप्ते लकडाउनलाई थप केही दिन लम्वाउने तयारी गरेकाे परराष्ट्रमन्त्री डोमिनिक रबले जनाएका छन् ।