१३ बैशाख २०८१, बिहीबार
Follow Us

बागलुङ अस्पतालमा भेन्टिलेटर र र्यापिड टेस्ट शुरु, आइसीयु राखिने

नेपालब्रिटेन डट कम्
२७ चैत्र २०७६, बिहीबार १९:२२

बागलुङ । कोरोना भाइरस संक्रमितको संख्या धेरै देखिएका तीन जिल्लामा र्यापिड टेष्ट शुरु भएको छ ।

बागलुङ बजारस्थित धौलागिरी अञ्चल अस्पतालमा पहिलो पटक कोरोना संक्रमण परीक्षणको र्यापिड टेस्ट शुरु गरिएको सांसद डा. सूर्य पाठकले जानकारी दिए ।

बेल्जियबाट बाग्लुङ्ग गएकी एक महिलालाई कोरोना संक्रमण भए पछि जिल्लाभर मानिसहरु शसंकित भएका पछि विदेशबाट आएका झण्डै ९ सय र संक्रमण देखिएका दुई जनाका छिमेकी समेत करिब एक हजारको परीक्षण तत्तकाल शुरु हुने बताएको छ ।
र्गभवती र लागूपदार्थको सेवन पत्ता लगाउन गर्ने जस्तै रगतको नमूनाबाट गरिने परीक्षण र्यापिड टेष्ट हो । यो ७० देखि ८० प्रतिशत मात्र विश्वसनीय हुने विज्ञहरुले जनाएका छन् ।

सानो किटबाट गर्न सकिने भएकोले १० देखि १५ मिनेटमै उक्त किटले एकजनाको रगत परीक्षण गर्न सक्छ।

डा. पाठकका अनुसार सोही अस्पतालमा भेन्टिलेटर सेवा शुरु भैसकेको छ भने आइसियु राख्न पहल शुरु गरिएको छ । ‘हामीले तत्तकाल आइसियु राख्ने तयारी गरेका थियौं तर टेन्टरको प्रकृयामा अनिवार्य जान पर्ने कानूनी वाध्यता भएकोले केही दिन ढिला हुने भयो’ पाठकले भने ।

सम्भव भएसम्मका वार्डलाई आइसोलेसन बनाउने, औषधि, चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षित रुपमा परिचालित गर्ने तयारी अस्पतालले गरेको छ।

यसअघि सरकारले शनिबारको मन्त्रिपरिषद् बैठकबाट कैलाली, कंचनपुर र बागलुङमा र्यापिड टेष्ट गर्ने निर्णय गरेको थियो ।

हाल अस्पतालमा सामान्य सेवा र स्वाब संकलनपछि पठाउने काम मात्र भैरहेको थियो।