१२ बैशाख २०८१, बुधबार
Follow Us

कोरोनाका कारण वेलायतमा ८ जना डाक्टरको मृत्यु

नेपालब्रिटेन डट कम्
२७ चैत्र २०७६, बिहीबार २०:४२

लन्डन । कोरोना भाइरस (कोविड १९) का कारण वेलायतमा ८ जना चिकित्सकहरुको ज्यान गएको छ । उनीहरु सबै आप्रवासी भएको न्योर्कटाइम्स अनलाइनले जनाएको छ ।

ज्यान गुमाउनेहरुमा इजिप्ट, भारत, नाइजेरिया, पाकिस्तान, श्रीलंका र सुडानका आठ डाक्टर छन् ।

आप्रवासी मात्र डाक्टरको निधन भए पछि जातिय भेदभावसँग मिल्दोजुल्दो रहेको सो अनलाइनले टिप्पणी गरेको छ ।

वेलायतका कोरोना भाइरसका कारणले करिब ८ हजारको ज्यान गएको छ जसमा स्वास्थ्यकर्मी, लण्डन बस चालक लगायत छन् । मृत्यु हुने अधिकांस आप्रवासी स्वास्थ्यकर्मी छन् । विहीवार साँझ सम्म ६५ हजार जना कोविड १९ बाट संक्रमित भएका छन् ।