१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्रीको प्रस्ताव मेधशी मोर्चाद्वारा अस्वीकार

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७३, बिहीबार ०६:३२

काठमाडौं । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई सहमत गराउन प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाउनु भएको बैठक बिना निष्कर्ष टुगिएको छ । संसदमा दर्ता गरिएको संशोधन विधेयक अधुरो र अपुरो रहेको निष्कर्ष मोर्चाले हिजोको बैठकले निष्कर्ष निकालेपछि आज प्रधानमन्त्री दाहालले मोर्चालाई छलफलका लागि बालुवाटारमा बोलाउनु भएको थियो ।
संविधान संशोधन विधेयकलाई समर्थन गर्न र निर्वाचनमा जान मोर्चालाई प्रधानमन्त्री दाहालले आग्रह गरेका थिए । तर संसदमा दर्ता गरिएको विधेयक अपुरो र अधुरो रहेकाले समर्थन गर्न नसकिने जवाफ मोर्चाले प्रधानमन्त्री दाहाललाई फर्काएका थिए । नागरिकता, सीमाकंन र समानुपातिक प्रतिनिधित्वारे प्याकेजमा संविधान संशोधन गर्नुपर्ने कुरा मोर्चाले प्रधानमन्त्री समक्ष राखेका थिए ।
विधेयक दर्ता भएपछि मोर्चाको बैठक आज पनि बस्दैछ । उक्त बैठकले प्रधानमन्त्रीसँग आज विहान भएको कुराकानीबारे पनि छलफल हुने सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए ।
बैठकमा सत्ता नेतृत्वकर्ताका तर्फबाट प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिसहित नेता तथा मोर्चाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादवलगायत नेता सहभागी हुनुहुन्छ ।