७ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोना उपचारका लागि औषधि पत्ता लागेको ट्रम्पको दावी

नेपालब्रिटेन संवाददाता
२८ चैत्र २०७६, शुक्रबार ०४:१०

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारका लागि प्रभावकारी हुने औषधि पत्ता लागेको दावी गरेका छन् । ह्वाइट हाउसमा कोरोना टास्क फोर्सको नियमित पत्रकार सम्मेलनका क्रममा उनले औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसको संक्रमण पुनः फैलिन नदिनका लागि अति उपयुक्त तथा प्रभावकारी हुने औषधि उत्पादन गरेको बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले औषधिको मानवीय परीक्षण चाँडै सुरु हुने उनले बताएका छन् । उपचारमा प्रभावकारी मानिएको औषधिको अहिले अमेरिकाको सरकारी निकायले परीक्षण गरिरहेको उनले जानकारी दिए । विश्वभरका वैज्ञानिकहरु अहिले कोरोना भाइरसविरुद्धको खोप बनाउने अभियानमा जुटेका छन् ।

ट्रम्पले यसअघि कोरोना भाइरसको उपचारमा औलोविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीन पनि प्रभावकारी हुने बताउँदै आएका थिए । सकारात्मक काम भइरहेको भए पनि तत्काल कुनै खोप उपलब्ध भइसकेको छैन ।

पछिल्लो समय अमेरिका कोरोनावाट सबैभन्दा बढी प्रभावित छ । अमेरिकामा भाइरसको संक्रमणबाट १६ हजार पाँच सय भन्दा बढीको मृत्यु भएको छ । चार लाख ६५ हजार भन्दा बढी संक्रमित भएका छन ।