७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा तीन दिनमा ६ नेपालीको मृत्यु

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७६, शुक्रबार ०४:४४

लन्डन । बेलायतमा तीन दिनको अन्तरालमा ५ नेपालीको मृत्यु भएको छ । बेलायतमा ६ देखि ९ अप्रिलसम्म ६ जना नेपालीको मृत्यु भएको हो ।

जसमा सोमबारदेखि बुधबारसम्म मृत्यु हुनेमा म्याग्दीका कुल बहादुर फगामी, पर्वतका चेत बहादुर गुरुङ र मेख बहादुर गुरुङ, सोलुखुम्बुका शिव श्रेष्ठ, विराटनगरकी बसन्ती राईको मृत्यु भएको हो । उनीहरु सबै गोर्खा सैनिक र सैनिकका परिवारका भएको बताइएको छ ।

जसमा विराटनगर घर भई बेलायतको नर्थहल्ट निवासी गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख सल्लाहकार मेजर मान बहादुरकी श्रीमती बसन्ती राईको बुधबार (९ अप्रिल) विहान आफ्नै घरमा मृत्यु भएको हो । उनलाई ज्वरो र डायरियाको समस्या देखिएको बताइएको छ ।

त्यसैगरी बेलायतको रिडिङमा बस्दै आएका तमुधिं बेल्जियमकी कोषाध्यक्ष अन्जना तमुको बुवा (भूपु ब्रिटिश गोखौ सैनिक) ८५ वर्षीय देवीरास तमुको बुधबार बिहान २ः४५ मा मृत्यु भएको छ । अन्नपूर्ण ७ तान्चोक कोटगाउँका तमुको मृत्युले स्तब्ध तुल्याएको भन्दै तमुधिं बेल्जियमले दुःख व्यक्त गरेको छ ।

त्यसैगरी सोमबार ( ६ अप्रिल) मा म्याग्दीको अन्नपूर्ण गाउँपालिका घराम्दी घर भई पोखरा बसोबास रहेका कुल बहादुर फगामीको पनि मृत्यु भएको समाचार ढिलोगरी प्राप्त भएको छ ।

एनआरएनए बेलायतका पूर्वअध्यक्ष योग कुमार फगामीका अनुसार पप्ली बेसिग्टोकमा बिगत केही वपर्षदेखि छोरा बुहारीसँग बस्दै आएका पूर्वगोर्खा सैनिक (आमी नम्बर २११४१७४९ कलर सार्जन टन्च्) फगामीको बेसिंगटोन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको हो । केही वर्षदेखि स्वास्थ्यमा समस्या देखिएका उनको उपचारकै क्रममा निधन भएको हो ।

मृत्यु भएकामा पर्वतका चेत बहादुर गुरुङ र मेख बहादुर गुरुङको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ भने सोलुखुम्बुका शिव श्रेष्ठको संक्रमणको आशंकामा आइसोलेसनमा रहेको र उपचारका क्रममा मृत्यु भएको थियो भने, देवीरास तमु र बसन्ती राईको मृत्युको कारण भने खुलाइएको छैन ।

बेलायतमा एकजना भूपू गोर्खा सैनिक लीलाबहादुर राईको ६६ वर्षको उमेरमा सोही अस्पतालमा कोरोनाको कारणले मृत्यु भएको थियो। यस्तै बुधवार दिउँसो छोरा बुहारी भेट्न वेलायत आएका एक ७७ वर्षिय बृद्धाको सोही अस्पतालमा कोरोनाकै कारणले मृत्यु भएको बुझिएको छ।