१२ बैशाख २०८१, बुधबार
Follow Us

सनराइज बैंकद्वारा पीपीई हस्तान्तरण

नेपालब्रिटेन संवाददाता
२८ चैत्र २०७६, शुक्रबार ०६:२५

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको अवस्थामा सनराइज बैंकले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालयले २५ थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) सामान हस्तान्तरण गरेको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सेती प्रादेशिक हस्पिटलका सुपरिटेन्डेट डा. हेमराज पाण्डेलाई बैंकका सुदूर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुरेन्द्र शाहीले औपचारिक कार्यक्रमबीच सो सामग्री हस्तान्तरण गरेका हुन् ।

अस्पतालको मेसु पाण्डेले बैंकले स्वास्थ्यकर्मीको सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै पीपीई प्रदान गरेकोमा धन्यवाद दिए । बैंकका सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख शाहीले विपत्तिको समयमा राज्यलाई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बताउँदै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीको सुरक्षाका लागि सो सामग्री प्रदान गरेको बताए ।

बैंकले विभिन्न अस्पतालमा ४ सय भन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरूमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको जनाएको छ ।