७ बैशाख २०८१, शुक्रबार
Follow Us

हत्या आरोपमा दुईजना पक्राउ

sarusaru
२८ चैत्र २०७६, शुक्रबार ०८:५२

रुकुम : हत्या आरोपमा रुकुम पूर्वमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको भुमे गाउँपालिका -६ महतका दिपेन्द्र बुढाको हत्या गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। गत बुधबार महत स्वास्थ्चौकी नजिकै बुढाको शव फेला परेको थियो ।

भीरबाट दुई सय मिटर तल खसेको अवस्थामा स्थानीयले शव फेला पारेका थिए। बुढाको हत्या गरेको आशंकामा सोही ठाउँकी ४७ वर्षीया जानसरी बुढा र अर्का एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए।दुईजनालाई पक्राउ गरेपनि एकजनाको कम उम्मेरका कारण नाम ठेगाना खुलाइएको छैन ।

मृतक बुढालाई चैत १८ गते बेलुकी करिब ७ बजे सहिद मार्गमा कुटपिटपछि भीरबाट फालेको हुनसक्ने प्रहरीको अनुमान छ । गोप्य सूचनाको आधारमा ती दुईजनालाई पक्राउ गरिएको बताइएको छ । हत्या आरोपमा पक्राउ परेकालाई हिरासतमा राखि थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक गुरुङको भनाइ छ ।
अन्नपूर्ण पोष्ट