१५ चैत्र २०८०, बिहीबार
Follow Us

नातिको बिहेमा लन्डन आएका क्षेत्रीको कोरोना संक्रमणले निधन

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७६, शुक्रबार १४:५३

लन्डन । नातिको बिहेमा सहभागी हुन लन्डन आएका एक बृद्धाको कोरोना संक्रमणले लण्डनमा निधन भएको छ ।

बाग्लुङ्ग अमलाचौर सरङ्गगी घर भएका ७५ वर्षिया कर्णबहादुर (केसी) क्षेत्रीको बुधवार लण्डनस्थित नर्थविक पार्क अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्रोतका अनुसार गत आइतवार शास फेर्न अप्ठ्यारो भएपछि क्षेत्रीलाई अस्पताल भर्ना गरिएको थियो । सामान्य स्वास्थ्य अवस्थामा रहेका उनले लण्डन आएपछि कोल्ड स्टोरको औषधी सेवन गर्न थालेका थिए । उनी श्रीमति सहित लण्डन आएका थिए । क्षेत्रीका ४ छोरो ३ छोरी छन् ।

क्षेत्री गत मार्च महिनाको पहिलो साता नातिको विहेमा भाग लिन लण्डन आएका थिए । उनको अप्रील महिनाको अन्तिम साता नेपाल फकिर्ने तयारीमा थिए ।

२०४६ सालको राजनीति परिवर्तनपछि स्थानीय राजनीति सक्रिय क्षेत्री २०४८ सालको स्थानीय निर्वाचनमा तत्कालीन अमलाचौर गाउँ विकास समितिमा अत्याधिक मत ल्याएर उपाध्यक्ष पदमा विजयी भएका थिए ।

संघिय सांसद बाग्लुङ्ग १ का सांसद डा सूर्य पाठकले क्षेत्रीका निधनले स्थानिय एक इमान्दार समाजसेवीको अभाव सधै रहि रहने बताउँदै क्षेत्रीको आत्मको चिरशान्तिको लागि कामना गर्दै शोकाकुल परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेका छन् ।