७ बैशाख २०८१, शुक्रबार
Follow Us

पत्रकार खरेललाई विन्ध्यवासिनी कला पत्रकारिता पुरस्कार

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७३, बिहीबार ०७:३०

लन्डन। आगामी मङ्सिर २४ गते सम्पन्न हुन गइरहेको विन्ध्यवासिनी म्यूजिक अवार्डमा वरिष्ठ संगीतकार दीपक जंगमलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।

त्यस्तै चर्चित पत्रकार सुमन खरेललाई यसवर्षको विन्ध्यवासिनी कला पत्रकारिता सम्मानबाट सम्मानित गरिने भएको छ । उनलाई पच्चिस हजार पाँच सय पच्चिस रुपैयाँ राशिसहित सम्मान प्रदान गर्न लागिएको विन्ध्यवासिनी म्यूजिकका संचालक सुवास रेग्मीले जानकारी दिए ।

विन्ध्यवासिनी अवार्डको यो सातौं संस्करणको अवार्ड समारोहमा गीतसंगीत क्षेत्रमा अतुलनीय योगदान पु-याएवापत जंगमलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्न

त्यस्तै गीतसंगीतकै क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत गायक रामकृष्ण ढकाललाई संगीतरत्न सम्मान प्रदान गरिने भएको छ । पन्ध्र हजार पाँच सय पन्ध्र रुपैयाँ नगद राशिसहित ढकाललाई विन्ध्यवासिनी संगीतरत्न सम्मान प्रदान गरिने भएको हो ।

त्यसैगरी यस वर्ष अत्यधिक चर्चा र कमाइको हिसाबले पनि अगाडि रहेको चलचित्र छक्कापन्जाकी निर्देशक दीपाश्री निरौलालाई विन्ध्यवासिनी चलचित्र सम्मान प्रदान गरिने भएको छ । उनलाई दश हजार एक रुपैयाँ राशिसहित सम्मान गरिने भएको रेग्मीले जानकारी दिए ।

कार्यक्रम आगामी मङ्सिर २४ गते आर्मी अफिसर्स क्लब भद्रकालीमा सम्पन्न हुन गइरहेको छ ।