१३ बैशाख २०८१, बिहीबार
Follow Us

९ देशका नेपाली राजदूतले कोरोना पिडितको कोषमा १ महिनाको तलब दिने

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७६, शुक्रबार २३:०२

लण्डन । युरोपस्थित नेपालका नौ राजदूतहरूले कोरोना भाइरस (कोभिड १९) सहयोग कोषमा आफ्नो तलबको एक महिना योगदान गर्ने घोषणा गरेका छन् ।

राजदूतहरु रमेश खनाल (जर्मनी), युवनाथ लम्साल, (डेनमार्क) लोक बहादुर थापा (बेल्जियम), प्रकाश सुवेदी (अष्ट्रिया) दीपक अधिकारी (फ्रान्स), मणि भट्टराई (स्विजरल्याण्ड), डा. दुर्गा बहादुर सुवेदी (युके), क्रषी घिमिरे (रसिया) र दाव शेर्पा (स्पेन) ले संयुक्त रुपमा कोभिड १९ सहयोग कोषमा एक महिनाको तलब योगदान गर्ने निर्णय गरेका हुन् ।

उनीहरुले शुक्रवार एक संयुक्त भिडियो कन्फरेन्स मार्फत सो निर्णय लिएको बताएको छ ।