१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सनराइज बैंकको क्यालेन्डर सार्वजनिक

नेपालब्रिटेन संवाददाता
२९ चैत्र २०७६, शनिबार ०५:३३

काठमाडौं । सनराइज बैंक लिमिटेडले २०७७ सालको क्यालेन्डरको सार्वजनिक गरेको छ । बैंकले डिसकभरिङ नेपाल विषयवस्तुसहित नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डरमा बैंकले नेपालका सातै प्रदेशकका १२ वटा विभिन्न अन्वेक्षित र अन्वेषण नगरिएका स्थल समावेश गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको र नेपालमा पनि केही मानिसमा देखिएको परिप्रक्ष्येमा बैंकले परिस्थितिको जटिलतालाई मध्यनजर गर्दै क्यालेन्डर डिजिटल माध्यममार्पmत ग्राहकसम्म पु-याउन बैंकको बेवसाइट राखिएको छ । यसलाई डाउनलोड गरी हेर्न सकिने व्यवस्था बंैकले गरेको छ । बैंकले आफ्ना ग्राहकलाई डिजिटल क्यालेन्डर इमेल र भाइबरमार्फत प्रदान गर्ने व्यवस्थासमेत गरेको छ ।

लकडाउन र वर्क फर्म होमलाई मध्यनजरमा राखी सो क्यालेन्डर बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र व्यवस्थापन समितिका सदस्यले भिडियो कन्फ्रेसिङमार्पmत सार्वजनिक गरेका हुन् । बैंकले परिस्थितिको जटिलता मध्यनजर गर्दै ग्राहकको सुरक्षा र सहजतालाई प्राथमिकता दिँदै आएको र आउने दिनमा पनि दिँदै जाने विज्ञप्तिमा उल्लेख छ ।