१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा १९ स्वास्थ्यकर्मीले कोरोनाभाइरसबाट ज्यान गुमाए

नेपालब्रिटेन डट कम्
२९ चैत्र २०७६, शनिबार २१:०८

लण्डन । बेलायतमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने स्वास्थ्यकर्मीको सङ्ख्या १९ पुगेको स्वास्थ्य सचिव म्याट ह्यानककले जानकारी दिएका छन् ।

दुःखको कुरा, राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का १९ सदस्यले ज्यान गुमाएका छन् । वहाँहरुको परिवारप्रति समवेदना छ,’ बीबीसीसँग कुरा गर्दै ह्यानककले भने । ह्यानककले ज्यान गुमाएका धेरै एनएचएसका सदस्य अल्पसंख्यक जातिका रहेको पनि बताए ।

बेलायतमा ७३ हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् । हालसम्म करिब ९ हजारले भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन् । बेलायतमा गत फेब्रुअरी १५ मा पहिलो कोरोनाभाइरस संक्रमित फेला परेका थिए ।