१२ बैशाख २०८१, बुधबार
Follow Us

कोरोनाबाट संक्रमित एक २६ वर्षीय महिलाले बच्चा जन्माइन्

नेपालब्रिटेन डट कम्
२९ चैत्र २०७६, शनिबार २१:१४

लण्डन। कोरोनाबाट संक्रमित एक २६ वर्षीय इजरायली महिलाले स्वस्थ बच्चाको जन्म दिएकी छिन् । उनलाई अस्पताल लगेर भेन्टिलेटरमा राखिएको थियो । उनले शल्यक्रियामार्फत स्वस्थ बच्चालाई जन्म दिएकी हुन् ।
गत महिनाको अन्त्यमा उनी आफ्नै हिंडेर तेल अभिभ नजिकैको सेवा मेडिकल सेन्टरमा पुगेकी थिइन् । सुरुमा उनलाई ज्वरो र वान्ता आएको अस्पतालका प्रवक्ता जोडी सिंगरले बताइन् ।
यी शिशुमा कोरोना भाइरस नेगेटिभ देखिएको छ । तर आमाले अझै शिशुलाई समाउन पाएकी छैनन् । उनी क्रिटिकल केयर युनिटमै छिन् ।