८ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्री बोरिस जोन्सन ‘डिस्चार्ज’

नेपालब्रिटेन डट कम्
३० चैत्र २०७६, आईतवार १३:४२

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना भएको १ सातापछि आइतबार डिस्चार्ज भएका छन् ।

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । कोरोना भाइरसबाट संक्रमित प्रधानमन्त्री अस्पताल भर्ना भएको ठीक एक सातापछि आइतबार ‘डिस्चार्ज’ भएका हुन् ।

अस्पतालबाट ‘डिस्चार्ज’ भएपनि मेडिकल टीमको सल्लाहअनुसार प्रधानमन्त्री तत्काल काममा भने नफर्किने जानकारी उनको कार्यालयले गराएको छ । अब उनले बकिंगहमशायरस्थित आफ्नो सरकारी निवास ‘चेकर्स’मा आराम गर्नेछन् ।

यसअघि मार्च २७ मा कोरोना संक्रमण पुष्टी भएका प्रधानमन्त्रीलाई दश दिनसम्म पनि खोकी, ज्वरो लगायतका लक्षण नहटेपछि अप्रिल ५ तारिखमा लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो ।