२६ बैशाख २०८१, बुधबार
Follow Us

लण्डनमा एक नेपाली महिलाको मृत्यु

नेपालब्रिटेन डट कम्
३० चैत्र २०७६, आईतवार १३:४६

लन्डन । बेलायतमा थप एक जना नेपालीको निधन भएको छ । यो सँगै बेलायतमा मात्रै कोभिड १९ कै कारण निधन हुनेको संख्या करिब दर्जन पुगेको छ ।

पोखरा घर भई हाल सडवरी टाउन बस्ने पुष्पा घलेको ह्दयघातबाट कारण शनिवार निधन भएको छ । उनी एक केयर होममा काम गर्दै आएकी थिइन् ।

ज्वरो, खोकी लागेपछि घरमै आइसोलेसनमा बसेकी अन्दाजी ३९ वर्षीया घले शनिवार अचानक श्वासप्रश्वासमा गाह्रो भएपछि नर्थवीक पार्क अस्पताल भर्ना भएकी थिइन् । अस्पताल पुर्याएको करीव ४ घण्टामा घलेको निधन भएको थियो ।
स्वर्गीय घले श्रीमान, छोरासँग लन्डनको सडवरी टाउनमा १० बर्षदेखि बस्दै आएकी थिइन् । छोरा करीव एक बर्षमात्र उमेरको छ ।

( उनको निधनको कारण ह्दयघात हुनु पर्नेमा अन्यथा भएकोमा सच्याईएको छ ।)